News Portal

युएईमा शहिद दिवस यसरी मनाइयो

हिमाली संचार संवाददाता
५१२ पटक

युएई : प्राय बिबिध सास्कृतिक कार्यक्रम मात्र मनाईरहने यूएईबासी नेपालीहरुले आज देश र जनताको लागि आहुति दिने शहिदहरुको संझना गर्दै शहिद दिवस मनाएका छन। प्रदेश नं ५ सम्पर्क यूएई, दागं देउखुरी समाज यूएई र ठकुरी सहयोग संजाल यूएईले संयूक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम माघ १६ गते शहिद दिवसकै अवसर पारेर दुबईको शिल्भरस्पुन रेस्टुरेन्टमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रम बिदाको दिनमा नपरे पनि समय मिल्ने यूएईबासी नेपालीले ज्ञातअज्ञात शहिदहरुको संझना गरि मनाए। कार्यक्रमको सभापतित्व ठकुरी सहयोग संजाल यूएईका अध्यक्ष भिम मल्ल ले गर्नुभएको थियो भने प्रमुख अतिथीमा दांग देउखुरी समाजका अध्यक्ष कमल गिरी त्यसैगरी बिशिस्ट अतिथिमा प्रदेश नं ५ सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काको रहेको कार्यक्रम संचालन भने प्रदेश नं ५ सम्पर्क समिति यूएईका महासचिव खगेन्द्र पराजुली ले गर्नुभएको थियो।

राष्ट्रियगानको गुन्जन संगै शुरु भएको कार्यक्रम शहिदका तस्विरमा अविर लगाई माल्यार्पण संगै समापन गरिएको थियो। उक्त कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन बिभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवि, ब्यापारी का साथै यूएईमा कार्यरत नेपालीहरुको गौरबमय सहभागिता रहेको थियो। यस अवशरमा प्रदेश नं ५ सम्पर्क समिति यूएईका कोषाध्यक्ष एवं ठकुरी सहयोग संजालका सल्लाहकार विस्वदेभ साहले स्वागत मन्तब्य राख्नुभएको थियो।

सहिदहरुको संझनामा आफ्ना मन्तब्य राख्दै बिशेष अतिथि राजु खड्का,प्रमुख अतिथि कमल गिरी, अतिथीहरुमा-बिस्व सहयोग संघका गोबिन्द ढकाल,ब्यबसायि तथा समाजसेवि लोकेन्द्र बम,प्रदेश नं ५ का बरिष्ठ उपाध्यक्ष तथा ठकुरी सहयोग संजालका संरक्षक नरेश सेन, नबरपुर सेवा समाजका भिम हमाल,गुल्मी सेवा समाजका लक्ष्मण अर्याल र तनहु सेवा समाजका सल्लाहकार रामबाबु न्यौपाने लगाएतले शहिदहरुका योगदानलाई बिर्सन नहुने कुरामा प्रकाश पार्दै आगामि दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको लागि जोड दिनुभएको थियो।

उक्त कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गराउन उपस्थित भएर र आफ्नो अमुल्य समय दिई केही आफ्ना बिचार राखिदिनु भएकोमा सम्पूर्ण उपस्थित ब्यक्ति ब्यक्तित्वहरुप्रति आयोजक संस्था त्रयले हार्दिक आभार ब्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...