News Portal

राजदूत हमाल दम्पतिलाई माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव कुवेतले गर्‍यो बिदाई !

हिमाली संचार संवाददाता
५५६ पटक

कुवेत ३०, जनवरी : माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले नेपाली राजदुत यज्ञ बहादुर हमाल र उनकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ । सोमबार राजदूतावासमै गएर क्लवले राजदूत र उनकी धर्मपत्निलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेको थियो ।

क्लवका पुर्व अध्यक्ष जय आलेले सञ्चालन गरेको बिदाई कार्यक्रममा राजदूतको प्रमुख आतिथ्य, क्लव अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको सभापतित्व र राजदूत धर्मपत्नी रिता हमाल लगायत क्लवका संस्थापक बरिष्ट सल्लाहकार मित्र सिंजाली मगरको बिशेष आतिथ्यता रहेको थियो ।

क्लवले राजदुतले आफ्नो ४ बर्षे कार्यकालमा कुवेतको नेपाली समुदाय र नेपाली दुतावास कुवेतको सम्बन्धलाई सुमधुर बनाउन चालेको पहल, नेपाली श्रमिकहरुको हक-हितमा उठान गरेका आवाज, पीडित महिला कामदारहरुको उद्दारमा पुर्‍याएको सहयोग, नेपालको पर्यटन प्रबर्धनमा टेवा पुग्ने खालका योगदान र नेपाल-कुवेत दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध कायम गर्न कुटनैतीक भूमिकाको सराहाना गर्दै उनको सुस्वास्थ्य तथा उज्जवल भविष्यको कामना गरेको थियो ।

यसैगरी, राजदूत धर्मपत्नी तथा प्रथम नेपाली महिला रिता हमालले कुवेत आएदेखी नै कुटनैतीक मर्यादा भित्र रहेर बिबिन्न देशका महिलाहरुसँग अन्तर्कृया गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृती, भाषा-भेषभुषा, परम्परा र उत्पादन लगायतका पहिचान झल्कने सामाग्रीहरु पस्किने र बेला बेलामा कार्यक्रमहरु समेत दिंदै आएको र नेपाली समाजका गतिबिधिहरुमा सहभागीता जनाई सल्लाह सुझाव दिएकोमा क्लवले प्रशंसा गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूतले क्लवले नेपाली समाज कुवेतमा स्थापनादेखी नै निर्वाह गर्दै आएको भूमिकाको चर्चा र प्रशंसा गर्दै आफ्नो ४ बर्षे कार्यकालमा पुरा भएका र कतिपय बाँकी रहेका कुटनैतीक कार्यहरुको जानकारी गराएका थिए ।

उनले कुवेतदेखी आफु  छुट्टीएर गए पनि नेपालमा कार्यरत रहने सरकारी निकायमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको लागि आफ्नो ढोका हमेशा खुल्ला रहने र क्लव लगायत कुवेतवासी नेपालीहरुले दिएको माया, ममता र साथ सहयोगलाई हृदयमा सजाएर लैजाने बताए ।

कार्यक्रम महामहिम राजदूतको सभा कक्षमा बेलुकिको ७ देखी ८.३० बजेसम्म चलेको थियो ।
कार्यक्रममा महामहिम राजदुत लगायत क्लवका बरिष्ट सल्लाहाकार मित्र सिंजाली, अध्यक्ष ईन्द्र प्रसाद पोखरेल, पुर्व अध्यक्ष जय आले लगायतले मन्तव्य राखेका थिए भने सचिव डम्बर रिमालले मन्तव्यद्वारा सबैलाई स्वागत गरेका थिए ।

यसै अवसरमा अलमुल्ला एक्सचेन्ज कुवेतको तर्फबाट अल्मुल्ला एक्सचेन्जका बिजनेस डेभलप्मेन्ट एक्जुकिटिव छविराम सुनारले समेत राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाललाई दोसल्ल्ला ओढाई मायाको चिनो प्रदान गरी बिदाई गरेका थिए ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...