News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालकै उत्कृष्ट स्पीकर रमेश प्रसाई !

    हिमाली संचार संवाददाता
    ८३५ पटक

    सञ्जिब कोयी
    पुर्वाञ्चलको प्राकृतिक हराभरा सुन्दर पहाड, अनुपम सौन्यदर्य, सालिनता र किरात समुदाय भित्रको सभ्याताको खानी पल्लो किरातमा जन्मेका रमेश प्रसाई पछिल्लो समय आफ्नो फरक क्षमताले गर्दा विभिन्न सामाजिक संजालहरुमा चर्चापरिचर्चा बटुली रहेका शारीरिक सामर्थ्याले पुर्णरुपमा साथ नपाएका असाधारण युवा हुन। उनको मेहनत, संघर्ष, आत्मविश्वास र अद्भुत क्षमता भएका कारणले उनलाई देख्ने र सुन्ने मानिसहरु मन्त्रमुग्ध हुने गरेका छन्।

    ब्रेल लिपिको साहारा लिदै स्नातक तह महेन्द्र बहुमुखी क्यामपस धरानमा अध्यायनरत रमेश ऐच्छिक अंग्रेजी बिषयमा पिएचडी गर्ने इच्छा रहेको छ। पश्चिमा मुलुकहरुले सामाजिक कार्यको नाममा हाम्रो धर्म, संस्कार र विभितता भित्र आक्रमण गरी रहेका समेत कटाक्ष गर्दै अंग्रेजी विषय लिनु परेको स्पष्ट बताउछन्। यसरी फिरङगीहरुले हाम्रो विभितता भित्र नराम्रो संग आक्रमण गरेको देख्दा दुख लागेको बताउने रमेश उनी राज्यको कुनै पनी सेवासुविधा उपभोग गर्न चाहादैन्। आफुलाई दृष्टिविहिन भन्दा पनी फरक क्षमता भएको ब्याक्ति साथै अन्य ब्याक्ति भन्दा कुनै कुरामा कम नभएको एपीवानद्वारा प्रसारित पब्लिक स्पीकर विजेता भए संगै थप प्रमाणित गरि दिएका छन्।

    रमेश फरक क्षमतावान ब्यातित्व भएका एक कुशल लेकचर बन्ने उदेश्य भए पनी संधिय गणतन्त्र नेपालको गन्तब्यमा मुलुक रुपान्तरण हुदै गर्दा धरानमा गणतन्त्र रेडियोबाट आर्जेको रुपमा र जनता जनार्दन कार्यक्रम मार्फत आफुलाई परिचित गरादै गर्दा बामपन्थी विचारधारा आस्था रहेको भए पनी कुनै पार्टी बिशेषको झण्डा उचाल्न चाहान्न। राष्ट्रिय स्तरको मिडीयामा कार्यक्रम संचालन गर्ने सोच राखेका रमेश एउटा राम्रो पत्रकार समेत बन्ने सपना छ। पछिल्लो समय विभिन्न सामाजिक कार्यक्रमहरुमा समेत उनको ब्यास्तता बढेकोछ।

    रमेश साहित्य गीत लेखन,गायन,कविता र गजल लेखन साथै राम्रो क्यारिकेचर गर्ने कलाकार पनी हुन्। उनी हरेक विषय बस्तुमा समय सापेक्ष प्रस्तुत हुने उनका प्रस्तुति विशेष रहन्छन् सधै समाजमा अपहेलित, समाजमा लुकेका रहेक नकारात्मक कुराको सतह सम्म पुगेर सकारात्मक सन्देश समाजमा प्रबाह गर्न चाहान्छन्। विश्वका अग्लो स्थानको मुलुक, पृथक संस्कार, सांस्कृतिक, विभिधता भित्रका एकताको सन्देश प्रबाह गर्दै प्रकृतिको बखान गरेर कहिले नथाक्ने रमेश किरात सभ्यताको खुराक समाजमा पस्कन पनी कहिले कन्चुस्याई गर्दैनन्। उनले पटक पटक उच्चारण गर्ने गरेका हामीले बुझ्न नसक्ने शब्द लिम्बु भाषा हो।

    भाषाका विधार्थी भएका कारण विचविचमा यस्ता शब्द मिश्रण गर्न सिपालु उनले “कन्नाफेरे “ जस्ता शब्दले मिठास भरेको सुन्ने ब्यक्तिलाई पत्तो हुदैन बरु अझ रसिलो,मिठो सुनिदो रहेछ। एपीवानद्वारा प्रसारित पब्लिक स्पीकरका कार्यक्रममा समेत आफ्नो प्रतिस्पर्धीहरुलाई यस्तै गहन र तर्कयुक्त सभ्यता, इतिहास, संस्कार, संस्कृति र प्रकृतिक बुझ्न थप अनुरोध गर्दै गर्दा निधारित चार मिनेटको त्यो समयलाई समेत सदुपयोग गर्दै किराती सभ्यताको बर्णन गर्न भ्याएको दृष्टान्त उदाहरण महत्वपुर्ण रुपले हेरिएको थियो।

    उनले दमदार प्रतुति पस्किदै गर्दा महानायक राजेश हमाल, लैंगिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ,संविधानविद् डा.भिमार्जुन आचार्य,एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ अफिसर डा.रोशन राठीले कार्यक्रमका विभिन्न चरणमा निर्णायको भूमिका निर्वाह गर्दा पटक पटक निशब्द भएका थिए। रमेश उक्त कार्यक्रम अबधि भरी कार्यक्रमका आकर्षक ब्यक्ति हुदै उपाधी हात पारेका थिए। नगद रु ३ लाख प्राप्त पुरस्कारबाट एक तिहाई नगद रवि लामिछानेद्वारा अस्पताललाई सहयोग गर्ने धोषणा गरेर अर्को उदाहरणीय कार्य समेत गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिने तालिम सम्पन्न

    मोरङ, जेठ २७ – रंगेली नगरपालिकामा एकदिने सरोकारवाला निकायहरूसँग अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको...

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...