News Portal

फेसबुकबाट इन्स्टाग्राम र ह्वाट्सएपमा मेसेज पठाउन सकिने

हिमाली संचार संवाददाता
६२७ पटक

एजेन्सी : सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो मेसेजिङ एपहरुलाई एकिकृत गर्ने योजना बनाएको छ । यदि त्यसो भएमा प्रयोगकर्ताले फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् ।

उल्लेखित तिनवटै एप्सलाई एउटै एपमा समायोजन गरिनेछ । एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ह्वाट्सएपबाट कुनै मेसेन्जर प्रयोगकर्तालाई समेत मेसेज पठाउन सकिनेछ ।

न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार यी एप्सहरुबीच हुने च्याटिङ्ग निकै सुरक्षित अर्थात् एण्ड टू एण्ड इनक्रिप्टेड हुनेछ । यद्यपि फेसबुकले मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच समायोजन गर्ने कुनै एकिन मिति घोषणा गरेको भने छैन ।

फेसबुकले आफ्नो एक विज्ञप्तीमा भनेको छ, ‘हामी मेसेजिङको अनुभवलाई अझै उत्कृष्ट बनाउन चाहन्छौँ । मेसेजिङ्ग फास्ट, सरल र गोप्य होस् भन्ने मानिसहरुको चाहना छ ।

यो सर्भिस सुरु भएसँगै प्रयोगकर्ताले कुनै एक एपबाट अर्को एपमा मेसेज पठाउन सकिनेछ । यो कदमपश्चात् फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्यामा पनि वृद्धि हुनेछ । यी तिनैवटा एप्सको समायोजन पछि फेसबुकले एप्पलको आइ मेसेज र गुगलको मेसेज सर्भिसलाई टक्कर दिनेछ ।

समाचार अनुसार सन् २०२० को सुरुवात सम्ममा फेसबुकले आफ्ना तिनवटा मेसेजिङ एपलाई समायोजन गर्नसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...