News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विप्लव नेकपाका नेता भन्छन – सरकारले जनतालाई कंगाल बनायो

    हिमाली संचार संवाददाता
    ४०९ पटक
    दुर्गा वि.सी. सल्लिबजार

    सल्यान : नेपाल कम्युनिष्ट पार्टि विप्लवले पार्टिको सुदृढिकरण अभियानलाई तिव्रता पारेको छ । पार्टि सुदृढिकरण र सँगठन विस्तार कार्यक्र नामकरणमा बनगाड कुपिण्डे नगरपालिका, १ सल्लीवजारमा सम्पन्न भएको छ ।

    संगठन सुदृढिकरण अभियान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मिलनको नेतृत्वमा पुगेका विप्लव निकट जिल्ला नेता तथा कार्यकर्ताले संघिय व्यवस्था र नेकपा सरकारको चर्को आलोचना गरेका छन् ।

    जिल्ला इन्चार्ज डिल्लीराज शर्मा  “विश्वले’ सल्यानको जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधीहरु गलत दिशामा हिडिरहेको आरोप लगाउनु भएको छ ।गाउँपालिका, नगरपालिकाका कर्मचारी देखि जनप्रतिनिधीहरुले राज्यको सम्पत्ति चरम दुपर्योग गरेको वताउनु भयो ।

    विकास निर्माणका काममा आधा काम गरेर वचाई खाने खेल समेत भएको आरोप छ । त्यसै गरि नेकपा विप्लव निकट केन्द्रीय सदस्य मिलनले अव राज्य विरुद्ध शसक्त क्रान्ती हुने चेतावाणी दिनु भएको छ ।

    नयाँ क्रान्तीका लागि जन सेना तयारि अवस्थामा  रहेको र अव आफुहरुसँग हतियार मात्रै नभएको वताउनु भयो । दलाल संसदीय व्यवस्थाका विरुद्ध साथ दिन जनतालाई अपिल समेत गरिएको छ । नेकपा सरकार पुर्णतया असफल भएकाले अवको विकल्प भनेको नेकपा विप्लवको मात्रै रहेको औल्याएको छ ।

    देशमा लामो समयमा राजकाज चलाएको राजासँगै नेपाली काँग्रेस उसकै गतीमा विलाएको छ । अव नेकपा पनी केहि समय पछि तेहि बाटोमा जाने ठोकुवा गरिएको छ । नेकपा सरकारले जनतालाई सम्वृद्धि सुखी होईन दुखी र कगांल पारेको आरोप छ ।

    अभियानका क्रममा बनगाड कुपिण्डे नगर इन्चार्ज कालुराम वादिको अध्यक्षतामा भएको कार्यक्रममा दैलेख जिल्ला इन्चार्ज विवेक, बनगाड कुपिण्डे नगर सेक्रटरी शंकर वुढाथोकि लगाएतका वक्ताहरुले धारण राख्नु भएको थियो। दोस्रो चरणको अभियान कार्यक्रमको सञ्चालन सल्यान जिल्ला जन सत्ता प्रमुख मोहन के.सीले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि...