News Portal

धादिङको रुवीभ्याली हिन्दुङमा हिमपातमा परी २०० भेडा सहित २ जना बेपत्ता

हिमाली संचार संवाददाता
४१८ पटक

धादिङ -उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा लगातारको हिमपातपछि बेपत्ता भएका २ जना भेडागोठालाको अवस्था अझै थाहा हुन सकेको छैन । रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा करिब २ सय भेडासहित २ गोठाला बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

बेपत्तामा हुनेमा स्थानीय १७ वर्षीय धनबहादुर तामाङ र उनका ४२ वर्षीय भिनाजु नुर्बु तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा शुक्रबारदेखि लगातार हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भइरहेका स्थानीयले जनाएका छन् ।

हिमपातबाट बच्न उनीहरु ओढारमा गएको बेला पहिरो गइ पुरिएको आशंका गरिएको छ। भेडा सहित सालाभेना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेपत्ताको खोजीका लागि सेर्तुङचौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। सदरमुकाम धादिङवेशीबाट बेपत्ताको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकाललाई हेलिकप्टरमार्फत पठाइएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिएका छन् ।

यसैबीच, धादिङका सांसद जगत सिंखडा र पूर्वमन्त्री बुद्धिमान तामाङ घटनास्थल पुगेर अवलोकन गरेका छन् ।
Copy Dhading post

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...