News Portal

धादिङको रुवीभ्याली हिन्दुङमा हिमपातमा परी २०० भेडा सहित २ जना बेपत्ता

हिमाली संचार संवाददाता
४४५ पटक

धादिङ -उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा लगातारको हिमपातपछि बेपत्ता भएका २ जना भेडागोठालाको अवस्था अझै थाहा हुन सकेको छैन । रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा करिब २ सय भेडासहित २ गोठाला बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

बेपत्तामा हुनेमा स्थानीय १७ वर्षीय धनबहादुर तामाङ र उनका ४२ वर्षीय भिनाजु नुर्बु तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा शुक्रबारदेखि लगातार हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भइरहेका स्थानीयले जनाएका छन् ।

हिमपातबाट बच्न उनीहरु ओढारमा गएको बेला पहिरो गइ पुरिएको आशंका गरिएको छ। भेडा सहित सालाभेना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेपत्ताको खोजीका लागि सेर्तुङचौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। सदरमुकाम धादिङवेशीबाट बेपत्ताको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकाललाई हेलिकप्टरमार्फत पठाइएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिएका छन् ।

यसैबीच, धादिङका सांसद जगत सिंखडा र पूर्वमन्त्री बुद्धिमान तामाङ घटनास्थल पुगेर अवलोकन गरेका छन् ।
Copy Dhading post

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...