News Portal

डेनमार्क सरकारले महिलालाई बुर्का लगाउन रोक

समाचार डेस्क
७३५ पटक

कोपेनहेगन – डेनमार्कमा नकाब र बुर्का लगायत अनुहार ढाक्ने सम्पुर्ण परिधान लगाउन रोक लगाएको छ । उक्त रोकको समर्थन र विरोधमा ब्यापक वावविवाद भइरहेको जनाइएको छ । सत्तारुढ उदारवादी पार्टि वेन्स्त्रेका नेता मार्कस नुथले केही रुढिवादी महिलाद्वारा लगाइने पहिरहन अत्यन्तै दमकारी भएको बताए । ‘पार्टी रिवेल्स‘का कार्यकर्ता समुहकी शासा एन्डर्सनले भने उक्त कदम विरुद्ध प्रदर्शन गर्ने योजना बनाएकी छिन् ।

उनले यसलाई अल्पसंख्यक समुदाय विरुद्ध एक पक्षपातपुर्ण कदम भएको बताएकी छिन् । प्रतिबन्धको समर्थन गर्ने समुहले पनि र्यालीको योजना बनाएका छन् । डेमार्कका सांसदहरुले उक्त कानुनलाई मेमा अनुमोदन गरेका थिए । सन् २०१६ मा डेनमार्कले सरणार्थीहरुलाई गहना तथा सुन जस्ता मुल्यवान सामान सरकारलाई सुम्पनु पर्ने अर्को कानुन पनि पारित गरेको थियो । यसले देशमा बसुन्जेल हुने खर्च ब्यवस्थान गर्न मद्दत हुने बताइएको छ ।

अन्य युरोपली देशमा पनि यस प्रकारको प्रतिबन्ध लागु गरिएको छ । यो कानुन कुनै विशेष धर्मलाई लिएर नबनाइएको सरकारले जनाएको छ । सरकारले हेडस्कार्फ, पगडी वा परम्परागत यहुदी टोपीमाथि भने प्रतिबन्ध लगाएको छैन । डेनमार्कमा यसलाई ‘बुर्का ब्यान्ड‘ नामले चिनिएको छ । धेरैले यसलाई नकाब र बुर्कामाथिको रोकका रुपमा लिएका छन् । डेनमार्कमा केही मुस्लिम महिला पुरै अनुहार छोपिने पहिरण लगाउँछन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...