News Portal

डेनमार्क सरकारले महिलालाई बुर्का लगाउन रोक

समाचार डेस्क
७९८ पटक

कोपेनहेगन – डेनमार्कमा नकाब र बुर्का लगायत अनुहार ढाक्ने सम्पुर्ण परिधान लगाउन रोक लगाएको छ । उक्त रोकको समर्थन र विरोधमा ब्यापक वावविवाद भइरहेको जनाइएको छ । सत्तारुढ उदारवादी पार्टि वेन्स्त्रेका नेता मार्कस नुथले केही रुढिवादी महिलाद्वारा लगाइने पहिरहन अत्यन्तै दमकारी भएको बताए । ‘पार्टी रिवेल्स‘का कार्यकर्ता समुहकी शासा एन्डर्सनले भने उक्त कदम विरुद्ध प्रदर्शन गर्ने योजना बनाएकी छिन् ।

उनले यसलाई अल्पसंख्यक समुदाय विरुद्ध एक पक्षपातपुर्ण कदम भएको बताएकी छिन् । प्रतिबन्धको समर्थन गर्ने समुहले पनि र्यालीको योजना बनाएका छन् । डेमार्कका सांसदहरुले उक्त कानुनलाई मेमा अनुमोदन गरेका थिए । सन् २०१६ मा डेनमार्कले सरणार्थीहरुलाई गहना तथा सुन जस्ता मुल्यवान सामान सरकारलाई सुम्पनु पर्ने अर्को कानुन पनि पारित गरेको थियो । यसले देशमा बसुन्जेल हुने खर्च ब्यवस्थान गर्न मद्दत हुने बताइएको छ ।

अन्य युरोपली देशमा पनि यस प्रकारको प्रतिबन्ध लागु गरिएको छ । यो कानुन कुनै विशेष धर्मलाई लिएर नबनाइएको सरकारले जनाएको छ । सरकारले हेडस्कार्फ, पगडी वा परम्परागत यहुदी टोपीमाथि भने प्रतिबन्ध लगाएको छैन । डेनमार्कमा यसलाई ‘बुर्का ब्यान्ड‘ नामले चिनिएको छ । धेरैले यसलाई नकाब र बुर्कामाथिको रोकका रुपमा लिएका छन् । डेनमार्कमा केही मुस्लिम महिला पुरै अनुहार छोपिने पहिरण लगाउँछन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...