News Portal

पशु स्वास्थ शिविरमा ३ हजार वढि पशुचौपाएको चेकजाँच

हिमाली संचार संवाददाता
४४७ पटक
दुर्गा वि.सी.

सुर्खेत : सिम्ता गाउँपालिकाको वडा न. ३ को आग्रीगाउमा ३ न. वडा कार्यालयको आयोजनामा “स्थानीय जनता सङ्ग सिम्ता गाउपालिका” भन्ने मुल नाराका साथ शनिबार एक दिने पशु स्वास्थ शिबिर सिम्तागाउपालिकाको वडा न ३ को आग्रीगाउमा सम्पन्न भएको छ ।

उक्त पशु स्वास्थ शिबिरमा भेडा बाख्रा १५९७, भैंसी ९३ गाइगोरु ३९३ कुखुरा ८२६ लगायत जम्मा २९०८ पशुको स्वास्थको चेकजाँच गरिएको सिम्ता गाउपालिका वडा न ३ का वडाध्यक्ष नहकुल बुढाले जानकारी दिए।

आफुहरुले स्थानीय चुनावको बेला जनता सङ्ग गरेको बाचा अनुसार समयमा गाउघरमा गएर नै सेवा दिएको अध्यक्ष बुढाले बताए। डा.काशिराम शर्माले पशुहरुको चेकजाँच गरि निशुल्क औषधि समेत दिएका थिए।

आफुहरुले गाई भैंसी बिरामी पर्दा टाढाटाढा जानू पर्ने बाध्यता हटेको र अहिले वडा कार्यालयमा नै निशुल्क शिबिर बसेर सेवा लिन पाउँदा असाध्य खुसी भएको कृषक केसर पुनले बताए । सेवा लिन जम्मा १८१ जना कृषक आएको वडा कार्यालय आग्रीगाउले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...