News Portal

हुम्लाको खार्पुनाथ गाउँपालिकालाई दियो भारतीय दूतावासले एम्बुलेन्स

हिमाली संचार संवाददाता
५०८ पटक

जनकबहादुर शाही
हुम्ला : हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । मित्रराष्ट्र भारतले आफ्नो ७० औं गणतन्त्र दिवसको अवसर पारेर हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकालाई सो सहयोग एम्बुलेन्स गरेको हो ।

हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिकालाई सहित देशभरका ३० वटा संघ संस्थालाई भारतीय दूताबासले गणतन्त्र दिवसको अबसर पारेर एम्बुलेन्स सहयोग गरेको छ ।

आजै भारतीय दूतावास काठमाडौले आफ्नो गणतन्त्र दिवसको अबसर पारेर एम्बुलेन्सको चाबी खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावललाई हस्तान्तरण गरेको खार्पुनाथ गाउँपालिकाका लेखापाल बिशाल बोहोराले जानकारी दिनुभयो ।

चाबी बुझेपछि गाउँपालिकाका अध्यक्ष रावलले नेपालका लागि भारतीय राजदूत मन्जीब सिंह पुरीसहित भारतीय दूताबास काठमाडौले हुम्ला जस्तो बिकट गाउँ ठाउँलाई सम्झेर ठुलो गुन लगाएको बताउनु भएको पनि बोहोराले उल्लेख गर्नु भयो ।

भारतीय दूताबासबाट यसरी एम्बुलेन्स सहयोग पाउने खार्पुनाथ गाउँपालिका हुम्ला जिल्लाकै पहिलो गाउँपालिका भएको छ । गाउँपालिकाका तर्फबाट चाबी हस्तान्तण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल र लेखापाल बिशाल बोहोराको उपस्थिति रहेको थियो ।

हस्तान्तरण गरिएको एम्बुलेन्स केहि दिनमा आउने भएकाले एम्बुलेन्स प्राप्त भएपछि तत्कालै जिल्लामा ल्याउने व्यवस्था मिलाइने अध्यक्ष रावलले बताउनुभयो ।

एम्बुलेन्स आए पछि बिरामिलाई स्टेचरमा बोकेर ४/५ घण्टा पैदल हिडेर अस्पताल पु¥याउनु पर्ने समस्या हटेको र अब देखि सदरमुकाम सिमिकोटमा रहेको जिल्ला अस्पतालमा आपतकालीन विरामीलाई लैजान सहज हुने भएको भन्दै अध्यक्ष रावलले खुसी व्यक्त गर्नु भयो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...