News Portal

कुवेतमा ८ लाखमा बेचिएकी नेपालगन्जकी रामकली पिडा !

हिमाली संचार संवाददाता
११३८ पटक

नेपालगन्ज – बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्‍याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई ३ लाखमा रामकलीलाई बेचे ।

दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट ८ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन । रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंगालीको कोठाबाट अरबीले उनलाई लैजादा १ हजार ५ सय केडी अर्थात सात लाख ८० हजार रुपैया गनेर दिएको थियो ।

१ जना नेपाली महिला खाडीमा पुग्दा कति ठाउँमा बिक्री हुँदोरहे छ भन्ने यो एउटा उदाहरणमात्र हो । गत माघ ११ गते नेपालगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामकली १२ गते दिल्ली पुगेकी थिइन् । उनी त्यही दिन दिल्लीबाट दुबई उडिन । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पुर्‍याउन श्रीमान समेत गएका थिए ।

दुबईमा ३ घण्टा रोकिएपछि जहाज कुवेत पुग्यो । कुवेतमा रामकलीलाई ६ दिनपछि एक जोडी अरबी आएर किनेर लग्यो । दलालले रामकलीलाई घरमा काम गर्ने हो । झाडु, पोछा, खाना पकाउने, बच्चा हेर्नुपर्छ भनेका थिए । त्यसवापत उनलाई मासिक ५० हजार नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘८ लाखमा किनेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कुटपिट र हिंसा गर्न थाल्यो ।

६ दिनपछि रामकली त्यो घरबाट भागेर बंगालीको कोठामा आइन् । नराम्रो काम परेको गुनासो गरिन् । त्यसपछि बंगाली एजेन्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा ३ दिन बस्दा पनि त्यस्तै हिंसा भयो । त्यहाँबाट पनि भागेर पुनः त्यही आइन् । बंगाली एजेन्टले फेरि अर्को घरमा पठायो । त्यो घरमा ७ दिन बस्दा पनि रामकलीमाथि हिंसाले निरन्तरता पायो । यो घरका साहुले त एकतलाबाट तल फालिदिए ।

तेस्रो घरबाट पनि भागेर आएपछि रामकलीलाई बंगाली एजेन्टले चौथो घरमा काम गर्न पठायो । एवं रीतले रामकलीले ७ महिना कुवेतमा बस्दा ६ वटा घर चाहारिन् । शुरुका ३ वटा घरमा नराम्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उद्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दलाल मार्फत उद्धारको प्रक्रिया अघि बढाएका थिए ।

रामकलीले कुवेतमा ७ महिना काम गरिन् । ३ महिनाको मात्रै तलव पाइन् । त्यो पनि २७ हजार पाँच सयको दरले । दुःख सहेर पनि उनले ९० हजार रुपैया घरमा पठाइन् ।
रामकलीका श्रीमानले २०७५ बैशाख २४ गते केआई नेपालमा उद्धारका लागि निवेदन दिएका थिए । त्यही निवेदनलाई आधार मानेर केआई नेपालले परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित नेपाली दुताबाससँग समन्वय गरेर रामकलीलाई नेपाल झिकाएको छ ।

साउन ७ गते काठमाडौं आइपुगेकी रामकलीलाई लिन श्रीमान पनि एयरपोर्टमा पुगेका थिए । ३४ हजार साथमा लिएर आएकी रामकली र श्रीमान त्यो दिन काठमाडौंकै एक होटलमा बसे । रामकलीसँग भएको पैसाले घरमा पंखा हाल्नेदेखि श्रीमानका जेठी श्रीमतीतर्फका छोराछोरीलाई कपडा किनियो । पैसा सकियो । पैसा सकिएपछि श्रीमानले रामकलीलाई ‘तँ अरबीको श्रीमती, मसँग नजिक नआइज, एड्स सर्छ’ भनेर कुटपिट गर्न थाले । एक ठाउँमा सुत्न पनि छोडे ।

विदेशमा दुःख पाएर आएकी रामकलीलाई यतिबेला घरपरिवारले पनि कष्ट थपिदिएको छ । स्थानीयदेखि काठमाडौंका दलालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाएकी रामकलीलाई घरपरिवारले उल्टै पीडा थपिदिएको छ । ‘अब म श्रीमानसँग सम्बन्ध बिच्छेद गर्छु र दलाललाई कारबाही गराउँछु, रामकलीले भन्नुभयो ।

रामकलीको पनि दोस्रो विवाह हो । उनका पहिलाका पतिबाट ५ सन्तान छन् । दोस्रो विवाह गरेको साढे ५ वर्ष भएपनि बच्चा भइसकेको छैन । रामकलीलाई काठमाडौंको दलालसमक्ष पुर्‍याउने दलबहादुर श्रीमानका आफन्त नै हुन् । दलबहादुरलाई बचाउन श्रीमान लागेका छन् । केआई नेपालको सहयोगमा यतिबेला रामकली दलाललाई कारबाही गराउन लागि परेकी छन् । (नेस)

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...