News Portal

बाहिर खाजाघरको नाम, भित्र यौनधन्दा !

हिमाली संचार संवाददाता
४६१ पटक

काठमाडौं –  पछिल्लो समय बाहिर खाजा घरको नाम राखी भित्र यौन व्यवसाय गर्ने होटल फस्टाउँदै गएको छ । राजधानीमा रहेका कतिपय होटलमा यस्तो धन्दा सञ्चालन हुने गरेको पाइएको छ ।

काठमाडौंको टोखा–९, गणेशस्थानमा कविता खाजाघरको नाममा यौनधन्दा पनि हुने गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पत्ता लगाएको छ । यो सँगै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा माघ ७ गते उक्त खाजाघरमा छापा मार्दा युवतीहरुलाई दैनिक २० देखि २५ जना ग्राहकसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाइएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

पक्राउ पर्नेहरुमा मनु छन्त्याल र राजु छन्त्याल भनिने राजु महर्जन रहेका छन् । सोही दिनदेखि फरार रहेका राजु छन्त्याललाई विशेष सूचनाको आधारमा वृतबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसिरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले युवतीहरुलाई खाजा घरमा काम दिने प्रलोभनमा पारी ग्राहकहरुसँग यौन सम्पर्क गर्न लगाएको, यौन सम्पर्क गर्न नमानेमा शारीरिक र मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

खाजा घर सञ्चालनको नाममा यौनधन्दा हुने गरेको पाइएको वृतका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । ‘अपरिचित पुरुषहरुसँग बस्न र जान नमानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको भेटिएको छ,’ प्रसाईंले भने ।

निजहरुले परिवर्तित नाम १६७ र परिवर्तित नाम १६७ (क) लाई निजहरुको ईच्छा मन्जुरी बिना दबाबमा पारी लामो समयदेखि जबरजस्ती यौनजन्य कार्यमा संलग्न गराइएको पाइएको छ ।

उनीहरुलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...