News Portal

‘शटडाउन’ अन्त्यका लागि ट्रम्प सकारात्मक, सरकारी काम सुरु हुने संकेत

हिमाली संचार संवाददाता
५३२ पटक

अमेरिकामा विगत ३५ दिनदेखि बन्द भएको सरकारी कामकाज (शटडाउन) अस्थायी रुपमा समाधान हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ फेब्रुअरी भित्र कामकाज सुरु हुने बताएका छन् ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनका लागि आवश्यक बजेटको विषयमा सत्तापक्ष र प्रतिपक्ष दलबीच विवादका कारण सरकारी कामकाज ठप्प हुँदै आएको छ । यसअघि ट्रम्पले बजेटको व्यवस्थाका लागि संसदले स्वीकृति नदिएमा वर्षौंसम्म कामकाज ठप्प भए पनि आफूलाई स्वीकार्य हुने बताएका थिए ।

यो पनि पढ्नुहोस अमेरिकामा वर्षौंसम्म सरकारी काम ठप्प पार्ने ट्रम्पको चेतावनी तर हालै उनले यस विषयमा एक सम्झौता भएकाले अब छिट्टै शटडाउन अन्त्य हुने बताएको बीबीसीले जनाएको छ ।यसबीचमा आगामी तीन हप्ताभित्र दुई दलका नेताहरु सम्मिलित एक समितिको बैठक बस्नेछ जसमा सीमा सुरक्षाको विषयमा छलफल हुनेछ ।

अमेरिकामा शटडाउनका कारण करिब आठ लाख कर्मचारीहरुले विगत ३५ दिनदेखि तलब पाएका छैनन् अर्थात उनीहरुलाई अस्थायी रुपमा कामबाट निकालिएको छ । जसका कारण अमेरिकाका सबै क्षेत्र प्रभावित हुँदै आएका छन् । एयर ट्राफिक कन्ट्रोलमा कर्मचारी अभाव हुँदा विमानस्थलहरुमा उडान ढिला हुने गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

३५ दिनसम्म शटडाउन हुनु अमेरिकाको इतिहासमै लामो मानिएको छ । यसबाट अमेरिकी राष्ट्रपति ट्रम्प निकै आलोचित बनेका छन् । अमेरिकाको प्रतिनिधिसभाका सभामुख नेन्सी पेलोसीले यी सबै समस्याको जिम्मेवार ट्रम्प नै भएको आरोप लगाएको बीबीसीको समाचारमा उल्लेख छ । उनले शुक्रबार ट्वीट गर्दै कामकाज पुनः शुरु गराएर देशको सुरक्षा र सेवालाई खतरामा नपार्न राष्ट्रपतिलाई अपिल गरेकी थिइन् ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउन ट्रम्पले संसदबाट पाँच अर्ब डलरको बजेट स्वीकृतिका लागि पेश गरेका थिए । तर, विपक्षी डेमोक्रेटिक पार्टीको विरोधका कारण उक्त प्रस्ताव अस्वीकृत भएको छ । त्यसपछि यो शटडाउन जारी छ ।

आफ्नो प्रस्ताव अस्वीकृत भएलगत्तै ट्रम्पले अन्य शीर्षकका बजेट स्वीकृत गर्न पनि अस्वीकार गर्दै आएका छन् । एयर ट्राफिक, पाइलट, कर्मचारी लगायतले संयुक्त विज्ञप्ति निकालेर समस्याको समाधान छिटो नभए अमेरिकाको पूरै सिस्टम तहस नहस् हुने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...