News Portal

सिम्तामा मावि र प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता

हिमाली संचार संवाददाता
४८७ पटक
दुर्गा वि.सी.

सुर्खेतको सिम्तामा शिक्षक महासघ र गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार गाउँपालीकाका ९ वटै वडाका प्राथामिक तहको हाजिर प्रतियोगिता सञ्चालन गरिएको छ । प्रत्येक वडाका प्रथम प्रावि स्तरका विद्यार्थीको लागि सहिद सप्ताहाको अवसरमा पुनः सिम्ता स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने सिम्ता शिक्षा शाखाले जनाएको छ ।

सिम्ता क्षेत्रका ६० वटा प्राथामिक तहका प्रत्येक वडामा कार्यक्रमको आयोजना गरिएको थियो । त्यसै गरि शुक्रबार नै नेपाल रेडक्रस सोसाईटी उपशाखा सिम्ताको सम्नवय र नेपाल जुरेस रेडक्रसको आयोजनामा मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियोे ।

उक्त प्रतियोगितामा भानु मावि वजेडीचौर प्रथम भएको छ । दोस्रोमा वागेश्वरी मावि राकम र तेस्रोमा नेरा मावि लापु भएको वताइएको छ । कार्यक्रममा प्रमुख अतिथी सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले शिक्षाको विकास नै सिम्ताको प्रमुख आधार शिला हुने जनाउनु भएको छ । शिक्षा क्षेत्र सुधारको लागि र विद्यार्थीको पढाई गुणस्तर वढाउन सवैले सहयोगीपुर्ण काम गर्न अवगत गराउनु भएको थियो ।

सिम्ता गाउँपालिकाले शिक्षाको गुणस्तरताका लागि अजुर्न दृष्टि र ठुलो मात्रामा आर्थिक सहयोग खर्चीने जनाउनु भएको छ । विजेता विद्यार्थीलाई नगद पुरस्कार र प्रमाण पत्र समेत वितरण गरिएको थियो । जुरेस अध्यक्ष लक्ष्मी वुढाको अध्यक्षतामा नेरा मावि लापुमा कार्यक्रम भएको थियो । गाउँपालिकाले विद्यार्थीको लागि थुप्रै खाले अतिरिक्त क्रियाकलपाको लागि आर्थिक सहयोग गर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...