News Portal

नेपाल तामाङ घेदुङ्ग कुवेतको ल्होछार बिशेष कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
५५८ पटक

कुवेत : नेपाल तामाङ घेदुङ कुवेतले तामाङ समुदायको नयाँ वर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग) को अवसरमा विशेष कार्यक्रम गरी मनाउने भएको छ। नेपाल तामाङ घेदुङले कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछार पर्वका अवसरमा सो कार्यक्रम आयोजना गर्ने भएको समाजले जनाएको छ।

तामाङ जातीले सोनाम ल्होछारलाई आफ्नो नयाँ बर्षको रुपमा मनाउने गरेका छन्। हरेक माघ शुक्लपक्ष प्रतिपदाका दिन उनीहरुको ल्हो र वर्ग फेरिने हुँदा उक्त तिथिलाई तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउँदै आएको छ।

बौद्ध धर्म अनुसार तामाङ समुदायले राष्ट्रिय पर्वको रुपमा मनाइने सोनाम ल्होछारमा विशेष गरी आफू भन्दा ठुला मान्यजनबाट सेतो टीका लगाइ आशीर्वाद ग्रहण गर्ने चेली माइती तथा आफान्तजन भेटघाट गर्ने र आफ्नो संस्कृति अनुसार रमाइलो गर्ने गरिन्छ।

ल्होछारमा विशेष किसिमको खानाको परिकार पनि बन्ने गर्दछ जसलाइ ‘खपस्यो’ भनिन्छ। खप्स्यो, मैदाबाट विभिन्न किसिमको रङहरुमा तामाङ जातीले बर्गको रुपमा संकेत गर्ने १२ थरिका जीव जन्तुहरु मुसा, बिरालो, गाई, सुँगुर, कुकुर, बाघ, सर्पा, गरुँड, चरा, बाँदर, भेडा र घोडाको आकार बनाइ स्वाद अनुसार चिनी हालेर तेलमा पकाएर खाने गरिन्छ।

फेब्रुवरी १ तारिकका दिन कुवेतमा क्रियाशिल कुनै पनि संस्थाले कार्यक्रम नजुधाइ सोनाम ल्होछार कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनहु संस्थाका अध्यक्ष सुरेस ग्याबाले अनुरोध समेत गरेका छन्।

   कार्यक्रम हुने

मिति : १ फेब्रुअरी २०१९
स्थान : राजधानी इन्डियन रेस्टुरेन्ट, खैतान
समय : बिहान ११ बजे
आयोजक : नेपाल तामाङ घेदुङ कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...