News Portal

हिउँदे वर्षाका कारण जनजीवन कष्टकर, किसानहरु मर्कामा !

हिमाली संचार संवाददाता
४५८ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको पश्चिम क्षेत्रमा निरन्तर एक हप्ता देखि भइरहेको हिउदे वर्षाले जनजीवन प्रभावित पारेको छ । साथै पुर्वि सिम्ता गाउँपालिकाको काफलकोट लगायतका क्षेत्रमा पनि केहि दिन अघि भारि असिना पानीले किसानको खेतबारीमा लगाएको फलफुल, तरकारी र हिउँदेवालिमा ठुलो नोक्सानी गरेको छ ।

यता सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको बनगाड जिउलामा लगाएको गहुँमा दिनुहु पानी पर्नाले गहुँवालीलाई असर गरेको वताइएको छ । चिसो समयमा दैनिक जसो पानी परिरहँदा पशु चौपाए लगायत स्थानीयलाई कष्टकर भएको छ । हिउँदे वर्षाले विद्यालयको पठनपाठनमा समेत असर गरेको छ । पानी पर्नाले अत्यधिक चिसो वढेकाले विद्यार्थीको पठनपाठनमा समेत असर पारेको छ ।

सिजनमा पानी नपरेर सिचाई नभएका पाखावारिहरु भने वाँझै छन् । यो समयमा पाखा वारिमा उत्पादन हुने गहुँ, मसुरो, चना, केराउ, तोरि लगायतको हिउँदे वालिहरु कार्तिकमा वर्षा नभएकाले पाखावारि वाँझै छन् ।

किसानका लागि यो पालीको हिउँदे वर्षाले खासै फाईदा नगरेको किसानहरु वताउँछन् । पानी परेर वातावणीय हिसावले ठिक भए पनि किसानका लागि हितकर नभएको कृषि कार्यालयका कर्मचारीहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...