News Portal

हिउँदे वर्षाका कारण जनजीवन कष्टकर, किसानहरु मर्कामा !

हिमाली संचार संवाददाता
४४१ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको पश्चिम क्षेत्रमा निरन्तर एक हप्ता देखि भइरहेको हिउदे वर्षाले जनजीवन प्रभावित पारेको छ । साथै पुर्वि सिम्ता गाउँपालिकाको काफलकोट लगायतका क्षेत्रमा पनि केहि दिन अघि भारि असिना पानीले किसानको खेतबारीमा लगाएको फलफुल, तरकारी र हिउँदेवालिमा ठुलो नोक्सानी गरेको छ ।

यता सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको बनगाड जिउलामा लगाएको गहुँमा दिनुहु पानी पर्नाले गहुँवालीलाई असर गरेको वताइएको छ । चिसो समयमा दैनिक जसो पानी परिरहँदा पशु चौपाए लगायत स्थानीयलाई कष्टकर भएको छ । हिउँदे वर्षाले विद्यालयको पठनपाठनमा समेत असर गरेको छ । पानी पर्नाले अत्यधिक चिसो वढेकाले विद्यार्थीको पठनपाठनमा समेत असर पारेको छ ।

सिजनमा पानी नपरेर सिचाई नभएका पाखावारिहरु भने वाँझै छन् । यो समयमा पाखा वारिमा उत्पादन हुने गहुँ, मसुरो, चना, केराउ, तोरि लगायतको हिउँदे वालिहरु कार्तिकमा वर्षा नभएकाले पाखावारि वाँझै छन् ।

किसानका लागि यो पालीको हिउँदे वर्षाले खासै फाईदा नगरेको किसानहरु वताउँछन् । पानी परेर वातावणीय हिसावले ठिक भए पनि किसानका लागि हितकर नभएको कृषि कार्यालयका कर्मचारीहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...