News Portal

  • धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु

    हिमाली संचार संवाददाता
    ३८२ पटक

    धनुषा -धनुषामाजन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ ।

    धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो । करेन्ट लागेर ९ जनाको मृत्यु भएको जनांइए पनि थप मृत्यु भएको हुनसक्ने आशंका गरिएकाे छ ।

    सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा बसमा करेन्ट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

    बसमा ४० जनाभन्दा बढी जन्ती सवार थिए । मृतकको शव अहिले पनि बसभित्रै छ भने घटनाको विस्तृत विवराण आउन बाँकी छ ।

    भर्खरै घटनास्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार र मृत्यु भएकाहरुको शव निकाल्ने काम भैरहेको छ ।

    जन्ती सिन्धुली जिल्लाको कमलाखोजबाट बाल्टिया जाँदै गरेको थियो ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...