News Portal

  • अनुदानको मकैको बीउ वडाध्यक्षबाट बिक्री विवरण माग्दा पत्रकार माथि आक्रमण

    हिमाली संचार संवाददाता
    ३१३ पटक

    बिराटनगर : अनुदानको मकैको बीउ किसानलाई बितरण गरेको विवरण माग्दा मोरङको उर्लाबारीमा पत्रकार माथि नै आक्रमण भएको छ । पत्रकार तेजन खड्काको उर्लाबारी –९ स्थित घरमा राति ९ बजेर ४५ मिनेट जाँदा कमल फ्याकले आक्रमण गरेका हुन् ।

    फ्याक वडा नं. ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा हुन् । आक्रमणबाट पत्रकार खड्का र उनकी आमा ६० वर्षीय मालती खड्का घाइते भएका छन् ।

    के त वास्तविकता ?

    मोरङको उर्लाबारी ८ र ९ का वडाध्यक्षहरू क्रमश कुलबहादुर कार्की र बमबहादुर फ्याकले अनुदानको मकैको बीउ कर्मचारी लाक्पा भोटियासँग सेटिङ मिलाएर बिक्री गरेको समाचारमा भाइरल भएको थियो । उनीहरूले ३२० रुपियाँ प्रति कजी बजार मुल्य भएको अनुदानको मकैको बीउ किसानलाई प्रति १०० रुपियाँ लिएर दिएका थिए ।

    नगरपालिकाले शत प्रतिशत अनुदान भनेर दिएको मकैको बीउ धमाधम पोकाको १०० रुपियाँ लिएर बेचेपछि स्थानीय ३० जना किसान उजुरी बोकेर नगरपालिकाको ढोका पुगेका थिए ।

    पीडित किसानलाई उधृत गर्दै विभिन्न अखवार र अनलाइन न्युज पोर्टलमा समाचार आएको थियो । समाचार आएपछि र वडाध्यक्षहरूले आफ्नै कार्यलयमा आफ्ना नजिकका कार्यकर्ता भेला गरेर शुक्रबार पत्रकार सम्मेलन मार्फत मकैको बीउ बिक्री नगरेको प्रष्टिकरण दिएका थिए ।

    जुनजुन अखवार र अललाइन पत्रिकामा समाचार आयो । ति सञ्चारमाध्यमका प्रतिनिधि र मकैको बीउमा अनियमितता भएको उजुरी गर्ने किसानलाई पत्रकार सम्मेलनमा खबर नगरिएपछि किसानहरू झनै आक्रोसित भएका थिए । वडाध्यक्षद्वय कुलबहादुर कार्की र बमबहादुर फ्याकले मकैको बीउको पैसा पचाउन पत्रकार सम्मेलन गरेको उजुरी गर्ने किसानहरू दाबी गर्छन् ।

    नगरपालिकाले वार्षिक कार्ययोजनमा मकैको बीउ वितरण गर्न उर्लाबारी ८ र ९ नंम्बर वडालाई ३÷३ लाख रुपियाँ दिने निर्णय गरेको थियोे । बजारमा मकैको बीउ प्रति किलो ३२० रुपियाँमा पाइने गरेको छ । कृषि प्राविधिकहरूका अनुसार ३ लाख रुपियाँमा ९३७ केजी मकैको बीउ आउँछ । उक्त बीउले प्रति कट्ठा डेढ किलो रोप्दा पनि ६२४ कट्ठा जग्गालाई पुग्छ ।

    यो भिडियोमा सुन्नुहोस।

    ६२४ कट्ठा भनेको झण्डै ३२ विगाहा जग्गा हो । यही दरले अनुदानको बीउले मात्र दुईटा वडामा ६४ विगाहामा मकै खेती हुनुपर्छ । वडाध्यक्षहरूले मकैको बीउ बिक्री गरेर प्राप्त भएको पैसाले पनि मकैको बीउ नै किनेर किसानलाई दिएको दाबी गरेका छन् ।

    वडाध्यक्षहरूको भनाईलाई नै मान्ने हो भने पनि बीउ बिक्री गरेर प्राप्त गरेको १ लाख ८७ हजार ४ सय रुपियाँको मकैको बीउ किसानले पाएका छन् । सो रकमले प्रति केजी ३२० मा नै बीउ खरिद गर्दा ५८५ केजी मकैको बीउ आउँछ । उक्त बीउले ३९० कट्ठा जग्गामा मकै खेती गर्न सकिन्छ । ३९० कट्ठा भनेको १९ विगाहा १० कट्ठा जग्गा हो ।

    वडाध्यक्षहरू नै अलमलमा

    सुरुमा अनुदानको बीउ बिक्री गर्दा प्राप्त भएको पैसा त पुन ५८५ केजी मकैको बीउ किन्न खर्च भयो । तर ५८५ केजी मकैको बीउ किसानलाई प्रति केजी १०० रुपियाँ लिएर बिक्री गर्दा प्राप्त हुने ५८ हजार ५०० रुपियाँ को सँग छ । न वडाध्यक्षलाई थाहा छ, न त सरुवा भएर गएका कृषि प्राविधिक लाक्पा भोटियालाई नै थाहा छ ।

    पीडित किसानहरूका अनुसार दलीय आस्थाका आधारमा आफू निकट कार्यकर्तालाई नागरिकता राखेर १० देखि १५ पोका सम्म मकैको बीउ प्रदान गरिएको छ । खेती नगर्ने किसानलाई समेत बीउ दिइएकोले यतिबेला कागजात मिलाउन वडाध्यक्ष र कर्मचारीलाई भ्याई नभ्याई छ । पीडितहरूले नागरिक स्तरबाटै छानविन गरी मकैको बीउ पाउने र रोपेको क्षेत्रफल समेत वडा कार्यालयसँग मागे गरेपछि यति वेला वडाध्यक्ष र कर्मचारीलाई मकैको बीउले पसिना छुटाएको छ ।

    उता मकैको बीउमा हिनामिना गर्न साथ सहयोग दिने योजनाकार मध्येका एक वडाध्यक्षका छोरा कमल फ्याक भने बाबुको बचाउका लागि हिंस्रक बनेका छन् । उनले बाबुको बचाउमा अशिष्ट भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमा मकैको बीउको विवरण खोज्नेलाई आफूले देखाइदिने धम्की दिएका छन् ।

    यो पनि पढ्नुहोस।

    वडाअध्यक्षका छोराले कुटे पत्रकार तेजनलाई, पत्रकार कुट्नेलाई कार्वाहीको लागि युनियनको माग 

    यता नगरको कृषि शाखाका प्रमुख कृषि प्राविधिक र उर्लाबारी नगरका नगरप्रमुख खड्ग फागोले भने अनुदानको बीउ कुनै पनि सर्त वा बहानामा बिक्री गर्न नपाइने बताए । उनले भने –अब छानविनको प्रक्रिया सुरु हुन्छ । किसानलाई शत प्रतिशत अनुदानमा दिएको मल,बीउ र कृषि सामग्रीमा कुनै पनि बहानामा प्रसा असुल्न पाइदैन् ।

    यता कतिपय किसानले मकैको बीउ नपाएको गुनासो गरेका छन् । उनीहरूले मकैको बीउ बडाध्यक्षले दलीय आस्थाका आधारमा आफ्ना आसेपासे र कार्यकर्तालाई मात्र दिएको आरोप लगाए । उनीहरूले भने–अब अति भयो , अख्तियारको ढोकामा न्याय माग्न जान्छौं ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...