News Portal

प्रेस विरोधी सरकारको रबैया काँग्रेसले सहन्न सक्दैन : सभापति देउवा

हिमाली संचार संवाददाता
४५४ पटक

लमजुङ : कांग्रेसका सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रेस विरोधी रबैया काँग्रेसलाई सैह्य नहुने बताउनु भएको छ । देउवाले नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनको उदघाटन गर्दै त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

उहाँले नेपाल सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरेमा सरकारका बिरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ ।

ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको बताउँदै देउवाले प्रेसदेखि कर्मचारीतन्त्रसम्म सरकार हस्तक्षेप गर्न लागि परेको दावी गर्नु भयो । देउवाले भन्नुभयो, ‘सरकार सबै क्षेत्रको हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ, यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिन्छौं ।

सरकार अराजक शैलीमा उत्रनु मुलुकका लागि दर्भाग्य भएको बताउँदै कांग्रेस सदैव स्वतन्त्र प्रेसस्वतन्त्रको पक्षमा रहेको छ, रहिरहने छ, त्यसमा हुने हस्तक्षेप स्वीकार्य हुँदैन, हामी सहन्नौँ । उहाँले भन्नुभयो, ‘हामी इन्डिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।

सही सूचना दिन पत्रकार लाग्नु पर्नेमा उहाँको जोड थियो । प्रेसका अंकुश लागेमा जनताको सुरक्षामा समेत प्रश्न उठ्ने उहाँले बताउनु भयो ।

अर्को एक प्रसङ्गमा अहिले देशमा हत्या हिंसाको घटनामा वृद्धि हुँदासमेत सरकार मुकदर्शक बनेको बताउँदै काँग्रेस सभापती देउवाले सरकारले निर्मला पन्तको हत्यारलाई बचाउन घटनामा भेटिएको सबै प्रमाण नष्ट गरेको छ भन्नुभयो ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले वर्तमान सरकार लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको बताए ।

ओली सरकारले दुई तिहाईको सदूपयोग गर्न नसकेको भन्दै उनले भने, ‘स्थिरता र शान्ति हुँदाहुँदै सरकारले अवसरको सदूपयोग गर्न सकेन, ओली सरकार पूर्णतः असफल भएको छ ।’

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देलले सरकार प्रेस स्वातन्त्रता विरोधी बनेको बताए । उनले भने अहिलेको सरकार सुचना लुकाउने षडयन्त्रमा लागेको छ ।

सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य प्रकाशसरण महत, दिलबहादुर घर्ती, पूर्व राजइमन्त्री रामबादुर गुरुङ, पूर्वसहायक मन्त्री डा. रामचन्द्र अधिकारी, काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल सहितले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...