News Portal

मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सवको तयारी पुरा

हिमाली संचार संवाददाता
४६१ पटक

कुवेत : मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव कार्यक्रमको तयारी पूरा भएको छ। “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले आगामी जनवरी २५ मा समाजको तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभाको आयोजना गरेको समाजका अध्यक्ष अरुण लिम्बुले जानकारी दिएका छन।

समाजले बार्षिक उत्सबको तथा दोस्रो साधारण सभामा परिचयका साथै कुवेतमा छरिएर रहेका मोरङ सुनसरिका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाइ एकीकृत गराउने लक्ष्य लिएको जानकारी दिइएको छ।

मोरङ सुनसरी सेवा समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भइ सकेको छ।

उक्त तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभालाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक मोरङ सुनसरी सेवा समाज कुवेतले अनुरोध गरेको छ।

     कार्यक्रम हुने

मिति : २५ जनवरी, शुक्रबार २०१९
समय : बिहानको ११ बजे
स्थान : अडिटोरियम हल फर्वानिया
आयोजक : मोरङ सुनसरी सेवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...