News Portal

वरिष्ठ कलाकार गणेश मुनालको निधन

हिमाली संचार संवाददाता
३४६ पटक

काठमाडौं -नेपाली सिनेमा क्षेत्रमा लामो समय आफनो अभिनयबाट योगदान दिएका बरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । चरित्र अभिनेता तथा नकरात्मक भुमिकामा समेत काम गरिसकेका मुनालको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका मुनालको निधन हुनुको कारण भने खुलेको छैन ।

सशक्त अभिनयसंगै वजनदार आवाजको कारण पनि रुचाईएका उनले फिल्महरुसंगै विभिन्न चर्चित टेलिश्रृङखलाहरुमा काम गरेका थिए । उनको केहीबेरमै अन्तिम संस्कार गरिँदैछ । उनको निधनमा यतिबेला चलचित्रकर्मीहरुले दुख तथा शोक व्यक्त गरेका छन् । उनको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गर्न दर्जनौँ कलाकारहरु पशुपती आर्यघाट पुगेका छन् ।

उनले लभ लभ लभ , एक पल ,सेतो बाघ, शिरीषको फूल, दिदी भाई ,मिस्टर डन लगायतका फिल्महरुमा काम गरेका छन् भने उनको अभिनय रहेको फिल्म गोपी माघ १८ बाट रिलिज हुँदैछ । सम्भवत यो नै उनको अन्तिम फिल्म हुनेछ । कलाकार गणेश मुनालप्रति हार्दिक श्रद्धान्जली ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...