News Portal

सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी स्पेनमै शरणार्थी बन्दै

दीपेन्द्र गजुरेल
५०७ पटक

स्पेन : स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गर्नुभएको छ । परराष्ट्रले तोकेको समयसीमाअनुसार उहाँ माघ २ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने थियो । स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उहाँको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको स्रोतले बताएको छ ।

पदमुक्त भए पनि उहाँ म्याड्रिडको राजदूत निवासमा राजदूतको सुविधा लिएर बसिरहनुभएको छ । उहाँले निवास नछोडेपछि बिजुली, पानी, इन्धन, टेलिफोन पूर्ववत् अवस्थामा प्रयोग भइरहेकाले राज्यलाई ठूलो व्ययभार थपिएको दूतावासका अधिकारी बताउँछन्।अब त उहांको हैसियत पूर्वराजदूतको भइसक्यो तर उहाँ दूतावासकै खर्चमा आफ्नो र परिवारको औषधि उपचार गराइरहनुभएको छ’ –दूतावास स्रोतले भन्यो । यस सम्बन्धमा रायमाझीसँग पटक–पटक प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु उहाँको पनि नैतिक दायित्व रहेको तर निर्णय नै अटेर गरेपछि परराष्ट्रले सोझै एक्सन लिनुपर्ने दूतावास अधिकारी बताउँछन् । यसबारेमा जिज्ञासा राख्दा दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले भन्नुभयो– ‘दूतावासले अब मन्त्रालयको निर्देशन अनुसार आफ्नो काम कारबाही अघि बढाउँछ ।

सरकारले रायमाझीलाई फिर्ता बोलाएपछि पौडेलले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मन्त्रालयले स्पेन दूतावासमा पत्राचार गरिसकेकाले यसबारेमा राजदूत अनविज्ञ नहुनुपर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । ‘फिर्ता हुन ३ हप्ताको समय उपलब्ध गराएकोमा उहाँलाई जानकारी भइसकेको हुँदा उपयुक्त समयमै फर्किनेमा मन्त्रालयले विश्वास लिएको छ’ –पौडेलले भन्नुभयो ।

पूर्वराजदूत रायमाझीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा किर्ते बिल प्रयोग गरी हिनामिना गरेको उजुरी समेत परेको छ । स्पेनबासी नेपालीले भने उहाँले स्पेन सरकार समक्ष शरणार्थीको निवेदन दिएर यतै बसोबास गर्न चाहेको अनुमान गरेका छन् । स्मरण रहोस् बेलायतका लागि तत्कालीन राजदूत मुरारीराज शर्माले आफ्नो पदावधि सकिएपछि बेलायत सरकारसमक्ष शरणार्थी घोषणाको माग गरेर नेपाल नफर्की उतै बस्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...