News Portal

बिचौलियालाई अदालतको अवहेलनामा कारवाही : प्रधानन्यायाधीश जबरा

हिमाली संचार संवाददाता
४९९ पटक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् ।

पत्रकारको टोलीसँग आइतबार भएको भेटमा उनले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्‍याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारवाही गरिने बताए ।

‘विचौलिया कुना–कुनामा, टेबल–टेबलमा, बेञ्च बञ्चैमा घुसेको छ, यसको उन्मुक्ति हुनुपर्छ, विचौलियालाई कर्मचारी, कार्यसम्पादन र प्रक्रियामा रोक्छौं’, प्रधानन्यायाधीश जबराले भने, ‘घुसपैठ गरेर न्याय सम्पादन गरेमा अदालतको गरिमामा आँच पुर्‍याउने कार्य गरेको भनेर अदालतको अवहेलनातर्फ कारवाही गर्न लक्षित छौँ ।

प्रधानन्यायाधीश राणाले उच्च अदालत विराटनगरका पाँच न्यायाधीशको कार्यसम्पादनमा प्रश्न उठेको हुनाले अध्ययनका लागि न्याय परिषदमा ल्याएको उल्लेख गर्दै सुक्ष्म निगरानी अध्ययन समहूले ल्याएको प्रतिवेदनमा कमीकमजोरी देखिएको हुँदा थप अध्ययनका लागि परिषद्का कामकाजमा ल्याएको स्पष्ट पारे । विराटनगरका पाँच न्यायाधीशलाई उचित कार्यसम्पादन नभएको उल्लेख गर्दै यही माघ ३ गते न्याय परिषद्मा काज सरुवा गरिएको थियो ।

वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारी नदिएको विषयमा प्रधानन्यायाधीश जबराले भने, ‘संस्थाले वरिष्ठ न्यायाधीशबाट पाउने योगदान के हो ? संस्थालाई दिनुपर्ने ठाउँमा उहाँले संस्थाबाट खोज्नुभएको छ, त्यसले गर्दा समस्या छ, तर संविधानले दिएको अधिकार कसैले रोक्दैन ।

नेपाल बार एशोसिएशनले पनि वरिष्ठ न्यायाधीश जोशीको विषयमा चासो देखाएको विषयमा उनले अदालत र बारको सरोकार एउटै भएको र दुवैको अन्तिम गन्तव्य न्यायका लागि भएको स्पष्ट पारे । रासस

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...