News Portal

  • अब कहिल्यै पनि जाँदिन विदेश !

    हिमाली संचार संवाददाता
    ४४१ पटक
    कृष्णप्रसाद अधिकारी

    दैलेख : मुलुकमा रोजगारी नपाएपछि पछिल्लो समय विदेशीने युवाहरुको ताँती लागेको छ । हरेक दिन हजारौ युवाहरु विदेशीने गरेका छन् । नेपालबाट खाडी मुलुक लगायतका मुलुकमा दैनिक १५ सय युवाहरु विदेशिरहँदा जिल्लाको भगवतीमाई गाउँपालिकाका युवाहरुले स्थानीय स्तरमै व्यवसाय संचालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

    गाउँमै रोजगारी सृजना गर्ने उदेश्य सहित विदेशबाट फर्कीएर व्यवसाय संचालन गरेका युवाले गाउँका अन्य बेरोजगार युवाहरुलाई समेत रोजगारी दिएका छन् । भगवतीमाई गाउँपालिका – ४ का ३० बर्षिया प्रेम बहादुर नेपाली सोहि गाउँपालिकाको बेस्तडामा रहेको आफ्नै घरमा ब्यवसाय संचालन गरि मासिक २० हजार भन्दा बढि आम्दानी गरिरहेका छन् ।

    दशै तथा तिज जस्ता पर्वको समयमा करिब ३५ हजारसम्म आम्दानी गरिरहेको उनको भनाई छ । तीन बर्ष मलेसियामा दुःख गरेर कमाएको रकमबाट ब्यवसाय संचालन गरेका नेपालीले हाल गाउँमै ब्यवसाय संचालन गरेर गाउँका अन्य ५ जना युवालाई रोजगारी दिनुभएको छ ।

    व्यवसाय संचालन गरेर मनग्य आम्दानीसँगै छोराछोरीलाई निजि विद्यालयमा पढाउदै आएका नेपालीले बिदेशमा गएर अर्काको मुलुकमा काम गर्नु पर्ने तथा काम गरेको जति प्रतिफल पनि नपाइने बताउनुभयो । ज्यानको सुरक्षा समेत नहुने समस्याका कारण आफुले विदेश छाडेर गाउँमै आफ्नै ब्यवसाय संचालन गरेर बसेको नेपालीले बताउनुभयो । उहाँले हाल सिलाईकटाई व्यवसाय तथा कपडा पसल ब्यवसाय संचालन गर्नुभएको छ । विदेश गएर फर्केका उनी बाबु बाजेले सिकेको सिपलाई व्यवस्थित गर्न अग्रसर भएका हुन् ।

    आफनो व्यवसाय जस्तो अन्य कुनै पनि पेशा नहुँदो रहेछ, उहाँले भन्नुभयो ‘पहिले आर्थिक स्थिति कमजोर भएको कारणले बिदेश जानु परेको थियो, विदेश जानु कसैको रहर होइन्, बाध्यता हो ।’ घरपरिवारको आर्थीक अवस्था कमजोर भएका कारण विचैमा पढाई छाडेका नेपाली भन्नुहुन्छ ‘पढाई छोडेको भएपनि कुनै पछुतो छैन्, गाउँमै व्यवसाय संचालन गरेको छु, यहि व्यवसायबाट परिवारको गुजारा चलाउछु तर विदेश जाँदिन ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...