News Portal

अब कहिल्यै पनि जाँदिन विदेश !

हिमाली संचार संवाददाता
४८० पटक
कृष्णप्रसाद अधिकारी

दैलेख : मुलुकमा रोजगारी नपाएपछि पछिल्लो समय विदेशीने युवाहरुको ताँती लागेको छ । हरेक दिन हजारौ युवाहरु विदेशीने गरेका छन् । नेपालबाट खाडी मुलुक लगायतका मुलुकमा दैनिक १५ सय युवाहरु विदेशिरहँदा जिल्लाको भगवतीमाई गाउँपालिकाका युवाहरुले स्थानीय स्तरमै व्यवसाय संचालन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

गाउँमै रोजगारी सृजना गर्ने उदेश्य सहित विदेशबाट फर्कीएर व्यवसाय संचालन गरेका युवाले गाउँका अन्य बेरोजगार युवाहरुलाई समेत रोजगारी दिएका छन् । भगवतीमाई गाउँपालिका – ४ का ३० बर्षिया प्रेम बहादुर नेपाली सोहि गाउँपालिकाको बेस्तडामा रहेको आफ्नै घरमा ब्यवसाय संचालन गरि मासिक २० हजार भन्दा बढि आम्दानी गरिरहेका छन् ।

दशै तथा तिज जस्ता पर्वको समयमा करिब ३५ हजारसम्म आम्दानी गरिरहेको उनको भनाई छ । तीन बर्ष मलेसियामा दुःख गरेर कमाएको रकमबाट ब्यवसाय संचालन गरेका नेपालीले हाल गाउँमै ब्यवसाय संचालन गरेर गाउँका अन्य ५ जना युवालाई रोजगारी दिनुभएको छ ।

व्यवसाय संचालन गरेर मनग्य आम्दानीसँगै छोराछोरीलाई निजि विद्यालयमा पढाउदै आएका नेपालीले बिदेशमा गएर अर्काको मुलुकमा काम गर्नु पर्ने तथा काम गरेको जति प्रतिफल पनि नपाइने बताउनुभयो । ज्यानको सुरक्षा समेत नहुने समस्याका कारण आफुले विदेश छाडेर गाउँमै आफ्नै ब्यवसाय संचालन गरेर बसेको नेपालीले बताउनुभयो । उहाँले हाल सिलाईकटाई व्यवसाय तथा कपडा पसल ब्यवसाय संचालन गर्नुभएको छ । विदेश गएर फर्केका उनी बाबु बाजेले सिकेको सिपलाई व्यवस्थित गर्न अग्रसर भएका हुन् ।

आफनो व्यवसाय जस्तो अन्य कुनै पनि पेशा नहुँदो रहेछ, उहाँले भन्नुभयो ‘पहिले आर्थिक स्थिति कमजोर भएको कारणले बिदेश जानु परेको थियो, विदेश जानु कसैको रहर होइन्, बाध्यता हो ।’ घरपरिवारको आर्थीक अवस्था कमजोर भएका कारण विचैमा पढाई छाडेका नेपाली भन्नुहुन्छ ‘पढाई छोडेको भएपनि कुनै पछुतो छैन्, गाउँमै व्यवसाय संचालन गरेको छु, यहि व्यवसायबाट परिवारको गुजारा चलाउछु तर विदेश जाँदिन ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...