News Portal

सडक दुर्घटना परेका हरिकृष्णलाई गर्‍यो एनआरएन युएईले उद्वार

हिमाली संचार संवाददाता
४७४ पटक

युएई : गलत ठाउँबाट बाटो काट्दा दुर्घटनामा परी घाइते भएका लमजुङका हरिकृष्ण बस्नेतलाई एनआरएन युएईले उद्धार गरेको छ । बस्नेतलाई एनआरएन र लमजुङ समाजको पहलमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

भिटिज भिसामा युएई आएका बस्नेत जागिर खोज्ने क्रममा फुजेरा राज्य पुगेका थिए। त्यहाँ गलत ठाँउबाट सडक काट्न खोज्दा दुर्घटनामा परे । दुर्घटनामा परेर उनको दाहिने खुट्टा भाँचिएको छ । फुजेरा अस्पतालमा उपचाररत बस्नेतको स्वास्थ्यमा सुधाए आएपछि प्रहरीले हिरासतमा राखेको थियो । उनलाई ५५ सय दिहराम जरिवाना तोकिएको थियो । तर, बस्नेतले जरिवाना तिर्न नसकेका कारण २२ दिन हिरासतमा बिताए ।

एनआएन क्षेत्रीय  समिति फुजेरा, लमजुङ समाज युएई र एनआरएन युएईको संयुक्त पहलमा ३३ दिनको ३३ सय दिहराम जरिवाना भुक्तान गरिदिएपछि उनि हिरासतबाट मुक्त भएर नेपाल फर्किएका छन् । उनको उद्धारामा एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ, एनआएन क्षेत्रीय समिति फुजेरा अध्यक्ष वीरेन्द्र खड्का, उपाध्यक्ष शेर सुनुवार, हरि ढकाल, यामबहादुर खड्का तथा लमजुङ समाज युएईको तर्फबाट अध्यक्ष महेश पराजुली, अर्जुन गौली, बाबुराम सापकोटालगायतले सहयोग गरेका थिए ।

बस्नेत रोजगारी पाउने आश्वासनमा नेपालको एक एजेन्टलाई २ लाख ५० हजार बुझाएर युएई आएका थिए । युएईमा एकनारायण पाण्डे विष्णु नाम गरेका व्यक्तिले उनलाई रोजगारी दिलाइदिने सर्त थियो । सुरुमा एयरपोर्टबाट उनैले रिसिर्भ गरेको तर बस्नेत दुर्घटनामा परेदेखि पाण्डे सम्पर्कमा नआएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...