News Portal

सडक दुर्घटना परेका हरिकृष्णलाई गर्‍यो एनआरएन युएईले उद्वार

हिमाली संचार संवाददाता
५११ पटक

युएई : गलत ठाउँबाट बाटो काट्दा दुर्घटनामा परी घाइते भएका लमजुङका हरिकृष्ण बस्नेतलाई एनआरएन युएईले उद्धार गरेको छ । बस्नेतलाई एनआरएन र लमजुङ समाजको पहलमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

भिटिज भिसामा युएई आएका बस्नेत जागिर खोज्ने क्रममा फुजेरा राज्य पुगेका थिए। त्यहाँ गलत ठाँउबाट सडक काट्न खोज्दा दुर्घटनामा परे । दुर्घटनामा परेर उनको दाहिने खुट्टा भाँचिएको छ । फुजेरा अस्पतालमा उपचाररत बस्नेतको स्वास्थ्यमा सुधाए आएपछि प्रहरीले हिरासतमा राखेको थियो । उनलाई ५५ सय दिहराम जरिवाना तोकिएको थियो । तर, बस्नेतले जरिवाना तिर्न नसकेका कारण २२ दिन हिरासतमा बिताए ।

एनआएन क्षेत्रीय  समिति फुजेरा, लमजुङ समाज युएई र एनआरएन युएईको संयुक्त पहलमा ३३ दिनको ३३ सय दिहराम जरिवाना भुक्तान गरिदिएपछि उनि हिरासतबाट मुक्त भएर नेपाल फर्किएका छन् । उनको उद्धारामा एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ, एनआएन क्षेत्रीय समिति फुजेरा अध्यक्ष वीरेन्द्र खड्का, उपाध्यक्ष शेर सुनुवार, हरि ढकाल, यामबहादुर खड्का तथा लमजुङ समाज युएईको तर्फबाट अध्यक्ष महेश पराजुली, अर्जुन गौली, बाबुराम सापकोटालगायतले सहयोग गरेका थिए ।

बस्नेत रोजगारी पाउने आश्वासनमा नेपालको एक एजेन्टलाई २ लाख ५० हजार बुझाएर युएई आएका थिए । युएईमा एकनारायण पाण्डे विष्णु नाम गरेका व्यक्तिले उनलाई रोजगारी दिलाइदिने सर्त थियो । सुरुमा एयरपोर्टबाट उनैले रिसिर्भ गरेको तर बस्नेत दुर्घटनामा परेदेखि पाण्डे सम्पर्कमा नआएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...