News Portal

साउदिमा दुर्घटनामा परि ज्यान गुमाएका स्याङ्जाका बेगबहादुरका परिवारलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
४९६ पटक
ओम पाण्डे

साउदीअरेबिया : वैदेशीक राजगारको लागि काठमाडौं स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका नेपाली युवाको गत नोभेम्बर २७ मा आँफैले चलाएको गाडी (फोर्कलिफ्ट) ले किचेर मृत्युु भएको थियो। लगभग डेढ महिनाको अथक प्रयास र रियाद स्थित नेपाली राजदुताबासको सक्रियतामा पार्थिब शरीर गत जनवरी ७ मा स्वदेश पुगेको छ।

मृत्यु हुने युवा चापाकोट नगरपालिका- ४, भन्टाबारी स्याङ्जाका ३३ बर्षिय बेगबहादुर थापा(पदम) हुन। साउदी अरब स्थित अल्मराई कम्पनिको central processing plant (CPP3) मा कामको सिलसिलामा आंफैले चलाएको गाडी पल्टेर किचेको थियो र उपचारको क्रममा मृत्यु भएको थियो।

यस्तो दुखद परिस्थितिमा परिवारको लागि सहयोगार्थ भनी अल्मराई कम्पनिको विभिन्न शाखा अन्तर्गत अल्खर्ज सेल्स, CPP को विभिन्न डिपार्ट, फार्म डिभिजन, बेकरी डिभिजन, रियाद, हायल, जेद्दा साथै अल्खर्ज क्षेत्रको नेपाली एकता समाजबाट CPP को नेपाली कमिटिको विशेष पहलमा ७३,४०४ साउदी रियाल (नेपाली रुपैयाँ एक्काईस लाख अट्ठाइस हजार सात सय सोर्‍ह) संकलन गरेर घरमा सासू बुहारिको नाममा हकवाला दुइ छोराहरु राखेर नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न लगाई खाता न.04105050274685 मा उठेको सम्पुर्ण रकम पठाइसकिएको जनाईएको छ।

स्व.यम बहादुर थापा र धनकुमारि थापाको छोरा मृतक बेगबहादुरको श्रीमती दुर्गा थापा, दुई छोराहरु दिलिप र दिप्सन थापा रहेका छन भने उनको एक भाइ तथा तिन दिदिबहिनीहरु रहेका छन। यस्ता कामहरु नेपाली कमिटिले गर्दै आएको छ र गरिरहने छ भनी कमिटिका सचिब नाथन शर्माले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...