News Portal

नेपाल मगर सँघ कुवेतको आयोजनामा “माघे सकराती” विशेष कार्यक्रम सम्पन्न

हिमाली संचार संवाददाता
५६९ पटक
सुरेश गुरुङ

कुबेत २० जनवरी : “ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ, कुवेत शाखाद्वारा हिजो १८ जनवरी २०१९ शुक्रबारका दिन, कुवेतको हिजुलस्थित रमणिय हलमा आयोजित “माघे सकराती बनभोज तथा अन्तर्कृया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा सँघका अध्यक्ष मित्र सिन्जाली मगर को सभापतित्वमा सम्पन्न कार्यक्रमका नेपाली राजदुतावास कुवेतका राजदूत यज्ञबहादुर हमाल प्रमुख रहेका थिए भने विशिष्ट अतिथिहरुमा राजदूत हमाल धर्मपत्नी रिता हमाल, थिए। भने कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो ।

कुवेतको हिजुलस्थित रमणिय हलमा भएको हो । उपाध्यक्ष बसन्त थापा मगर र महासचिब धन थापा मगर ले कार्यक्रम सञ्चालन गरेका थिए । सभापति, प्रमुख अतिथी र विशेष अतिथिहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । यसैगरी नेपाली राष्ट्रिय गीत र मगर राष्ट्रिय गित द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो ।

कार्यक्रममा समाजका सदस्य देबी थापा मगर ले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए भने सँघका प्रथम उपाध्यक्ष मनु भुजेल मगरले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व माघे सकरातीको बारे प्रष्ट पारेका थिए।

कार्यक्रमा आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्किन लागेका राजदूत हमाल र उहाँको को धर्मपत्नी रिता हमाल लाई दोसाला ओढाइे सम्मान पूर्वक समाजले बिदाइ गरेको थिए । राजदुत हमालले “माघे सकरातीको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन सामाजिक कार्यमा अग्रसर कुबेत मगर सँघलाई धन्यवाद दिएका थिए । यसैगरी गैर नेपाल पत्रकार महासँघ, कुवेतका महासचिब आन्द आचार्य, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्यबा तामाङ, लगयतले “माघे सकरातीको शुभकामना मन्तव्य दिएका थिए ।

बाल्को उपस्थितिले खचाखच भरिएको हालमा आन्तिम ५ बजे सम्म अतिथि आउने क्रम रहेको थियो । भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउनको लागि आफ्नो मगर पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी नृत्य गरी झनै “माघे सकराती बनभोज तथा अन्तर्कृया कार्यक्रम लाई सुगन्ध भर्ने काम सँघका कलाकारहरुले बिभिन्न नृत्यहरु प्रदर्शन गरी भरपुर मनोरन्जन दिलाएको थियो। भने कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु खाजा नास्ताले स्वागत गरेका थिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मित्र सिन्जाली मगरले उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष या परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण मगर तथा गैर-मगर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँहरुको सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि मगर सँघ, कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुको यसरी नै सहयोग रहने अपेक्षा गदै सबैलाई विशेष धन्यवाद दिएका थिए ।

अन्त्यमा मगर सस्कृति झल्किने नृत्य र गीतहरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ६ बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था आयोजकले गरिएको थियो।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...