News Portal

दर्शन ठकुरी समाज कुवेतले गर्‍यो राजदूत हमाल दम्पतीलाई “दर्शन अभिनन्दन”

हिमाली संचार संवाददाता
४५० पटक
राज मल्ल

कुवेत, १९ जनवरी : जातियताको सस्था दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । शुक्रबार कुवेतको खैतानस्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आबद्व पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ।

राजदूत यज्ञ बहादुर हमाललाई दूतावासको प्रमुख पदमा रहेर आफ्नो कार्यभार कुशलता पुर्वक समाल्दै कुटनितिक सम्बन्धलाई सुर्ढ़रित गर्दै नेपाली आन्तारिक पर्यटन प्रबन्धन बिकासमा खेल्नु भएको भूमिका र सिंगो नेपाली समाज, नेपाली संघ सस्थाहरु संग सहकार्य गर्दै समस्या सुल्झाउन, पिडितको उद्दारमा देखाउनु भएको सक्रियता सगै आम कुबेतबासी नेपालीहरुको भलाई र हितको लागि दुताबासबाट खेलिएका सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिनन्दन “ गरिएको हो ।

त्यसैगरि राजदूत धर्मपत्नी रिता हमाललाई प्रथम नेपाली महिलाको रुपमा कुबेतमा आई कुटनीतिक मयार्दालाई उच्च बनाउदै आन्तरिक पर्यटन प्रबन्धनको लागि कुटनीतिक नियोग र बिभिन्न मुलुकका महिलाहरुबिच अन्तरास्ट्रिय स्तरको नेपाली कला सस्कृति झल्काउने कार्यक्रम गर्नुको साथै नेपाली कला, भाषा, सस्कृति, परम्परा र साहित्यको बिकासमा पुर्याउनु भएको सहयोग र नेपाली समाजसंग खेल्नु भएको सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिन्न्द “ गरिएको समाजले जनाएको छ ।

यस अघि कुवेतका विभिन्न सघसस्थाहरुले पनि राजदुत हमाल दम्पतीलाई सम्मान तथा बिधाई गरिसकेका छन भने केही सघसस्थाहरुले सम्मान तथा बिधाई गर्ने तयारीमा रहेको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...