News Portal

नेपाली काँग्रेस नगर कमिटीको बैठकमा स्थानीय नेताहरुको चर्को आलोचना

हिमाली संचार संवाददाता
४२५ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नेपाली काँग्रेस पार्टिको नगर वैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस पार्टि नगर कमिटीको प्रत्येक महिनाको पहिलो शनिबार नगर कमटिको बैठक वस्ने गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा नेपाली काँग्रेस पार्टि कमजोर अवस्थामा रहेकोले यसलाई सुधार गर्नका लागि पार्टिको गतिविधीलाई व्यापक पारिएको जनाएको छ ।

नेपाली काँग्रेस नगर कमटिको वैठकमा केन्द्रीय सदस्य डिल्ली रेग्मी,नेपाली काँग्रेसका पुर्व सल्यान जिल्ला सभापति धुर्वराज पुरी,शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी लगाएतका नेताहरुले पार्टिका कार्यकर्ता तथा पार्टि सदस्यहरुलाई उक्त बैठकमा प्रशिक्षण दिनु भएको छ ।

बनगाडमा पार्टिको अवस्था मजवुद वनाउन सवै तह तप्काका भार्ति संगठनहरु क्रियाशिल हुन र अगुवा नेताहरुको कार्यशैलीमा व्यापक फेरवदल हुन निर्देशन दिएको छ ।

बनगाड कुपिण्डेका नेपाली काँग्रेसका अगुवा नेताहरुको कार्यशैलीमा कार्याकर्ताले चर्को विरोध जनाएका छन् । स्थानीय नेताहरुबाट नै पार्टि कमजोर भएको र गल्त गतिविधी गर्नेलाई पार्टिले कारवाहि गर्न समेत माग गरिएको छ ।

पार्टि भित्र अनुशासन हिनता काम गर्नेलाई जति सक्यो चाँडो कारवाहि गर्न कार्यकर्ताले माग गरेका छन् । बैठकमा वौल्दै जिल्ला नेताहरुले सवैको आचारण सुरधारण गर्न अनुरोध गरेको जनाएको छ ।

पार्टिलाई शसक्त पार्न आन्तरिक गतिविधीलाई टोल टोल सम्म पुर्याउन जोड दिएको छ । स्थानीय तहमा नेकपाका गल्त गतिविधीको डटेर सामाना गर्न समेत निर्देशन दिएको वताएको छ । बनगाड कुपिण्डे नगर सभापति टोपवहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...