News Portal

पाइपलाइनमा भएको विष्फोटमा परी २० को मृत्यु

हिमाली संचार संवाददाता
५३० पटक

मेक्सिकोको एक पाइपलाइनमा भएको विष्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । विष्फोटमा थप ६० जना मानिसहरु घाइते भएका छन् । स्थानीय मानिसहरुले बाल्टीमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको अवस्थामा यो घटना भएको हो । अवैधरुपमा तेलको चोरी गर्ने क्रममा मेक्सिको सिटीबाट १ सय किलोमिटर उत्तरमा रहेको हिडाल्डो प्रान्तको एक गाउँमा यो घटना घटेको हो ।

अधिकारीहरुले अहिले घाइतेको उपचार पहिलो प्राथमिकतामा रहेको बताएका छन् । मानिसहरुले बाल्टी, क्यान तथा अन्य भाँडोमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको सार्वजनिक भएको भिडियोमा देखिएको छ ।  मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेजले तेल चोरीविरुद्ध कडा कदम चालिने बताउँदै पीडितलाई राहत प्रदान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

मेक्सिकोमा पहिलोपटक यस किसिमको घटना घटेको भने होइन । यसअघि सन् २०१० मा तेल चोरीको क्रममा भएको विष्फोटमा परी २८ जना मानिसहरुले ज्यान गुमाएका थिए । जसमा १३ जना बालबालिका थिए । शुक्रबार भएको विष्फोटको कारण ५ हजार स्थानीयहरु प्रभावित भएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...