News Portal

पाइपलाइनमा भएको विष्फोटमा परी २० को मृत्यु

हिमाली संचार संवाददाता
४९० पटक

मेक्सिकोको एक पाइपलाइनमा भएको विष्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । विष्फोटमा थप ६० जना मानिसहरु घाइते भएका छन् । स्थानीय मानिसहरुले बाल्टीमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको अवस्थामा यो घटना भएको हो । अवैधरुपमा तेलको चोरी गर्ने क्रममा मेक्सिको सिटीबाट १ सय किलोमिटर उत्तरमा रहेको हिडाल्डो प्रान्तको एक गाउँमा यो घटना घटेको हो ।

अधिकारीहरुले अहिले घाइतेको उपचार पहिलो प्राथमिकतामा रहेको बताएका छन् । मानिसहरुले बाल्टी, क्यान तथा अन्य भाँडोमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको सार्वजनिक भएको भिडियोमा देखिएको छ ।  मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेजले तेल चोरीविरुद्ध कडा कदम चालिने बताउँदै पीडितलाई राहत प्रदान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

मेक्सिकोमा पहिलोपटक यस किसिमको घटना घटेको भने होइन । यसअघि सन् २०१० मा तेल चोरीको क्रममा भएको विष्फोटमा परी २८ जना मानिसहरुले ज्यान गुमाएका थिए । जसमा १३ जना बालबालिका थिए । शुक्रबार भएको विष्फोटको कारण ५ हजार स्थानीयहरु प्रभावित भएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...