News Portal

  • सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी

    हिमाली संचार संवाददाता
    ५९० पटक

    सुर्खेत : वन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ । आज विहान सुर्खेतको पश्चिम वडिचौरमा र सुर्खेतको सत्तरीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    आजगनी भएको सुचना पाए लगत्तै प्रहरी परिचालन गरिएको र क्षतिको थप विवरण आउन वाँकी रहेको प्रहरीले वताएको छ । आजगनी भएको २ वटै मालवाहक ट्रक भएको समेत प्रहरीले वताएको छ । वन्दका कारण सुर्खेतवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

    यहि पौष २२ गते बिधार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्धामा गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै बन्दको घोषण गरेको विप्लव समुहका सुर्खेत जिल्ला सेक्रेटरी यमराजले वताएका छन् । देउतीखबरबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...