News Portal

सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी

हिमाली संचार संवाददाता
६५५ पटक

सुर्खेत : वन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले सुर्खेतमा २ वटा सवारीसाधनमा आगजनी गरेको छ । आज विहान सुर्खेतको पश्चिम वडिचौरमा र सुर्खेतको सत्तरीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आजगनी भएको सुचना पाए लगत्तै प्रहरी परिचालन गरिएको र क्षतिको थप विवरण आउन वाँकी रहेको प्रहरीले वताएको छ । आजगनी भएको २ वटै मालवाहक ट्रक भएको समेत प्रहरीले वताएको छ । वन्दका कारण सुर्खेतवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

यहि पौष २२ गते बिधार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्धामा गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै बन्दको घोषण गरेको विप्लव समुहका सुर्खेत जिल्ला सेक्रेटरी यमराजले वताएका छन् । देउतीखबरबाट

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...