News Portal

पार्टी एकताको सन्देश देशैभरि पुगोस् : देउवा

हिमाली संचार संवाददाता
५०६ पटक

वालिङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पुर्‍याउनुपर्ने बताएका छन् ।  स्वतन्त्रता सेनानी एवम् जिविस स्याङ्जाका पूर्वसभापति स्व शिवकुमार अधिकारीको सम्झानामा शुक्रबार  यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उनले भने, “लोकतन्त्र, विकास र समृद्धिका लागि कांग्रेस एकतावद्ध भएर अगाडि बढेको सन्देश देशैभरि पुर्‍याउनुपर्छ ।

सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाले देखाएको उदाहरण नमूनायोग्य भएको चर्चा गर्दै पुनः सोही खालको सङ्गठन देशैभर विस्तार गर्नुपर्नेमा जोड दिए । नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा स्व अधिकारीले सक्रिय भूमिका खेल्नुभएको थियो,” उनले भने, “अधिकारीको निधनले एक कुशल सङ्गठनकर्ता गुमाउँदा पार्टीलाई अपूरणीय क्षति भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कामभन्दा बढी कुरा गरेको बताउँदै दुई तिहाइको वर्तमान सरकार विकृति र अनियमिततातर्फ उन्मुख हुँदै गएको आरोप लगाए । बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु दुःखद भएको उनले बताए ।

कांग्रेस महासमिति सदस्य, जिल्ला कार्य समितिका सचिव तथा प्रजातन्त्र प्राप्तिपछिको पहिलो जिविस सभापति भएर राजनीतिमा सक्रिय रहनुभएका अधिकारीको गत पुस १० गते निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...