News Portal

न्यूयोर्कमा येले संवत् ५०७९ मनाईयो 

हिमाली संचार संवाददाता
४७७ पटक
दिवस कोयू, न्यूयोर्क

अमेरिकामा बसोबास गर्ने किरातराईहरूले सामूहिक रूपमा किरात येले संवत् ५०७९ मनाएका छन्। न्यूयोर्क स्थित “किरात राई सोसाइटी अफ अमेरिका न्यर्योक च्याप्टर”को आयोजनामा येले संवत ५०७९ मनाइएको हो ।

येले संवत् किरात राई, लिम्बू, याक्खा र सुनुवार लगायत समुदायकोसाझा सांस्कृतिक तथा एतिहासिक संवतहो । यसलाई किरातसमुदायले आफ्नो नयाँ वर्षको रुपमासमेत मनाउन थालेका छन् । नेपाली परिकारहरु तरुल, चाकु, तिलको लड्डु, सेल रोटी खाँदैअमेरिकामा येले संवत् मनाइएको हो ।

कार्यक्रममा येले संवतकोसांस्कृतिक तथा एतिहासीक महत्त्वको बारेमा छलफल तथा अन्तरक्रियासमेत भएको बताउँदै किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्कच्याप्टरका अध्यक्ष भारती राईले भन्नु भयो। ‘संस्कार संस्कृतिकोमहत्त्वबारे बालबालिकाहरुलाई समेत सहभागिता गराउँदै सांस्कृतिकपुस्तान्तरणको अभ्यास अमेरिकामा प्रथम पटक आयोजना गरिएको हो।

उक्त कार्यक्रममा संस्थाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष खगेन्द्र राईले येलेसंवतको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै येलेसंवतले किरात विरासत र इतिहासलाई मात्रै पहिचान नगर्ने बरु नेपालकैपहिचान र इतिहासको प्रतिनिधित्व गरेका बताउँदै भनुभयो ‘नेपालसरकारले यसलाई कामकाज संवत् रूपमा मान्यता दिनु पर्छ ।

प्रथम किरात राजा यलम्वरले नेपालमा शासन गरेको समयलाई मानेरयेले संवत् प्रचलनमा ल्याइएको हो । यस संवतलाई किरात राईहरूलेयेले दोङ तथा येले दुङ भन्दछन् भने लिम्बुहरूले येले तङ्बे रसुनुवारहरूले येले थोचे भन्ने गरेको पाइन्छ।

काठमाडौँ उपत्यकामाकिरात राजाका ३२ पुस्ताले शासन गरेको इतिहास छ।इतिहासकारतथा विज्ञहरूका अनुसार नेपालमा किरातहरुले करिब १८ सय वर्षशासन गरेका थिए । किराँत समुदायले हरेक वर्ष माघ १ गते येले संवत्मनाउने गरेका छन् ।

फोटो : दीपा राई

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...