News Portal

जेष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण

हिमाली संचार संवाददाता
४४२ पटक
ज्ञानु गौतम, रुकुम

चौरजहारी नगरपालिकाद्धारा जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्ने कार्यको सुरुवात गरेको छ । ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुको हक अधिकारको सम्मान स्वरुप राज्यले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्न सजिलो होस भन्ने उदेश्यले नगरपालिका भित्रका ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण सुरु गरेको नगर प्रमुख बिशाल शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो उमेरले पाका नागरिकको सुरक्षाको लागि घर वाटै संरक्षण गर्नुगर्ने भावनाको समेत विकास गर्न स्थानिय सरकार लागि परेको समेत बताउनु भयो । आज नगरपालिकाको सभाहलमा जेष्ठ नागरिक सरोकारवाला बिच अन्तरक्रिया तथा जेष्ठनागरिक सम्मान कार्यक्रको आयोजना गरि परिचय पत्र वितरणको सुरुवात गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दे नगर उप प्रमुख राधा रोकाले परिचय पत्रको अभाबमा कोहि जेष्ठ नागरिक राज्यले दिने सेवासुबिधा बाट बन्चित नहुन भनेर सो कामको थालनि गरिएकोे बताउनु भयो । जेष्ठ नागरिकहरुले बल्ल शिहदरबारको अधिकार गाँउमा आएको अनुभुति आफुहरुले गरेको बताएका थिए ।

६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुले नागरीकताको फोटो कपि,२ वटा फोटो सहित वडाकार्यालयबाट लिन सकिने छ । कार्याक्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा बहादुर कुँवर,वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरीक्षक गंगा खड्काले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...