News Portal

जेष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण

हिमाली संचार संवाददाता
४८७ पटक
ज्ञानु गौतम, रुकुम

चौरजहारी नगरपालिकाद्धारा जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गर्ने कार्यको सुरुवात गरेको छ । ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुको हक अधिकारको सम्मान स्वरुप राज्यले उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्न सजिलो होस भन्ने उदेश्यले नगरपालिका भित्रका ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण सुरु गरेको नगर प्रमुख बिशाल शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो उमेरले पाका नागरिकको सुरक्षाको लागि घर वाटै संरक्षण गर्नुगर्ने भावनाको समेत विकास गर्न स्थानिय सरकार लागि परेको समेत बताउनु भयो । आज नगरपालिकाको सभाहलमा जेष्ठ नागरिक सरोकारवाला बिच अन्तरक्रिया तथा जेष्ठनागरिक सम्मान कार्यक्रको आयोजना गरि परिचय पत्र वितरणको सुरुवात गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दे नगर उप प्रमुख राधा रोकाले परिचय पत्रको अभाबमा कोहि जेष्ठ नागरिक राज्यले दिने सेवासुबिधा बाट बन्चित नहुन भनेर सो कामको थालनि गरिएकोे बताउनु भयो । जेष्ठ नागरिकहरुले बल्ल शिहदरबारको अधिकार गाँउमा आएको अनुभुति आफुहरुले गरेको बताएका थिए ।

६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुले नागरीकताको फोटो कपि,२ वटा फोटो सहित वडाकार्यालयबाट लिन सकिने छ । कार्याक्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा बहादुर कुँवर,वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरीक्षक गंगा खड्काले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...