News Portal

अघिल्लो सरकारका निर्णय उल्ट्याउँदै गए यो सरकार पनि उल्टिन्छ : नेता खाँण

हिमाली संचार संवाददाता
४४१ पटक

बुटवल : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले पूर्ववर्ती सरकारले गरेका निर्णयहरु उल्ट्याउँदै जाने हो भने केपी ओली नेतृत्वको सरकार पनि छिटै उल्टिने चेतावनी दिएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष पुगेका र क्यान्सर, मिर्गौला, कलेजो जस्ता असाध्य रोगका विरामीलाई मासिक पाँच हजार भत्ता दिने भनी गरेको निर्णय उल्ट्याकोप्रति आक्रोश पोख्दै उनले अब अस्थायी राजधानीको निर्णय पनि उल्ट्याउन खोजे आफै उल्टिने बताए ।

प्रदेश ५ को स्थायी राजधानी र नामाकरण तत्काल तोक्न दवाव दिने उद्देश्यले कांग्रेसले बिहीबार बुटवलमा आयोजना गरेको खबरदारी सभामा खांणले पुर्ववर्ती सरकारले गरेका निर्णय उल्ट्याउने र कांग्रेस नेताहरुका नामका अस्पताल/प्रतिष्ठानहरुका सम्बन्धमा ओली सरकारले अपमानजनक निर्णय गरेकाले कांग्रेस अब सरकारविरुद्ध सशक्त रुपमा अगाडि आउने बताए ।

‘यो सरकारले अघिल्लो सरकारका निर्णय उल्ट्याउंदै जाने हो र कांग्रेसलाई अपमान गर्ने हो भने हामी चुप लागेर बस्दैनौं, यो सरकारलाई नै उल्ट्यादिन्छौं,’ खाँणले भने, ‘अब संसदमा हामी यी सबै विषयमा सरकारविरुद्ध सशक्त आवाज उठाउँछौं ।

नेता खांणले हत्या हिंसाको जगबाट आएकाले कम्युनिस्ट सरकारले शान्ति सुरक्षा कायम गर्न नसक्ने दावी गर्दै वहुलवादी समाजका कम्युनिष्ट सत्ता पनि धेरै नटिक्ने तर्क गरे ।

उनले आफू रुपन्देहीको भएर रुपन्देहीलाई राजधानी बनाउनुपर्छ भनेको नभइ संसारले चिनेको बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर यसकै माध्यमबाट यो प्रदेशलाई उत्कृष्ट र नमूना बनाउनका लागि भएको बताए ।

उनले स्थायी रजधानीका विषयमा विवाद गर्नुपर्ने कारण नभएको भन्दै अलमल र ढिलासुस्ती नगर्न आग्रह गरे । सभालाई कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, देवेन्द्रराज कंडेल लगायतका नेताले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...