News Portal

एसएसपी श्याम खत्री र अमरमान डंगोल छुटेनन्

हिमाली संचार संवाददाता
९१० पटक

विराटनगर : उच्च अदालत, विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद एसएसपी श्यामबहादु खत्रीलाई थुनामै राख्ने आदेश दिएको छ ।

बिहीबार उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले विवादास्पद एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डंगोललाई थुनामै राख्ने आदेश दिएको हो ।

विवादास्पद छविका खत्रीले त्रिभुवन विमानस्थलमा कार्यरत रहदा ड्राइभर बिष्णुबहादुर खडका र सहयोगी अमरबहादुर थापामगरलाई प्रयोग गरी चुणमणी उप्रेती गोरेको समूहले दुबईबाट भित्र्याएको सुन एयरपोर्टबाट कटाउने काम गरेका थिए । खत्रीले एयरपोर्टबाट सुन कटाएबापत प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । डंगोलले भने एयरपोर्टमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो ।

खत्री र डंगोललाई जिल्ला अदालत मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

सुन तस्करी प्रकरणमा गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले मोरङ प्रहरीमार्फत गत बैसाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरेको थियो ।

सो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अबैध रुपमा सुन आयात गरिएको दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...