News Portal

आधिकारिक किरात येले संमवत ५०७९ नै हो : दिवस राई

हिमाली संचार संवाददाता
६६३ पटक
सन्जिब कोयी

विहिवार १७ जनवरी : किरात समुदायमा माघको पहिलो दिन किरात नयाँ वर्षका रुपमा येलेदोङ नयाँ बर्ष मनाउने परम्परा अनुसार विश्व भरी हर्ष उल्लासका साथै सामाजिक संजालहरुमा येले संमवतद्वारा शुभकामना आदन-प्रदान गरी येले संमवत प्रयोगमा ल्याउन आफ्नो पहिचान प्रतियुवाहरु सचेत रहेको आकलन सजिलै लगाउन सकिन्थ्थो।

यसरीयुवा पुस्ता हौसिनु सकारात्मक पक्ष हो। किरात येलेदोङ नयावर्षमाध महिनाबाट संवत् परिवर्तन हुने गर्दछ। माधे संक्रान्ति अर्थात माधको पहिलो दिन किरात जनसमुदायमा विशेष गरेर जंगलबाट बन तरुल खनी खोस्री ल्याएर अग्रजको हातबाट काँचो बन तरुलको भित्री भागको सेतो टिका नङले कोट्याएर निधारमा लगाउदै येलेदोङ नयावर्ष मनाउने परम्परा रहेको छ। बन तरुलका साथमा विभिन्न फलफुल उसिनेर खाने प्रचलन रहेको छ।

किरात येले संमवत ५०७९ नयाँ वर्षलाई उत्सवका रूपमा विश्वभरी धुमधामका साथमा मनाउनदै गर्दा विभिन्न अनलाईन तथा राष्ट्रिय दैनिक समाचारहरुले समेत प्राथामिकताका साथ समाचार सम्प्रेशन गर्दैगर्दा दुईवटा छुट्टाछुट्टै किरात येले संमवत देखिदा सामाजिक संजालहरुमा अन्यौल छाएको थियो।

किरात येलेसंमवत विभिन्न कठिन खोजअनुसन्धान तथ्यहरुको आधारमा ईतिहास र परम्परागत रुपमा सर्वप्रथम ‘किरात येले तङ्बे’कोप्रचलन वि.स. २०२९ सालदेखि प्रचलनमा आएको हो। हस्तलिखित ‘सिरिजंगा’ मासिक प्रकाशन बर्ष १ अंक ७ वि.स.२०३० थेसेक्रो पहिलो किरात तङ्बे संवत् उल्लेख गरेको पाईन्छ। त्यसैलाई आधार मान्दै त्यो नै किरात संवतको सुरुवाती पहिलो कदम थियो। पछिल्लो समय समग्र किराती समुदायको अस्तित्वको सवाल प्रमुख विषय साथै यो महत्वपुर्ण बहसको विषय बनेको छ।

यो संवत् किरात जातिको पहिचानका रुपमा किरात येले संमवत महत्वपुर्ण कडी रहेको हुनाले सम्बन्धित पक्षको अध्ययन, अनुसन्धानका निम्ति स्थापित यलम्बर फाउन्डेसन “किरातोलोजी रिसर्च सेन्टर” संस्थाले प्रदेश नम्बर १ मा किरात येले संवतको सघन प्रयोग हुने सम्भावनालाई मध्यनजर गर्दै यस संवतलाई मान्यता दिलाउने कामको पहलकदमी हुनुपर्ने माग पुनः दोहोर्‍याएको छ।

यसरी सम्पुर्ण तथ्यहरुको आधारमा किरात येले संवत् ५०७९ प्रचलनमा आएको हो। पहिलो किरात राजा यलम्बर स्मारकका रुपमा लिएर किरात येले संवत ३७९८ मान्दै गरिएको भन्ने समाचार विवादित परेको थियो। उक्त संवतको मिति इतिहासका आधारमा अझै प्रमाणित भइसकेको छैन।

किरात येले संवत् ५०७९ को अवसरमा किरात राई यायोक्खाद्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा किरात राईयायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईले थप पुष्टि गर्दै अहिलेको किरात सस्थाहरुको आधिकारिक धारणा किरात येलेसंवत् ५०७९ नै हो । यसमा कसैले भ्रम पाल्न हुदैन ‘एउटै अध्ययनलाई मानिहालेर हजारौ दस्तावेजमा लेखि सकिएको संवतलाई परिवर्तन गर्यौ भने फेरि अर्को नयाँ अध्ययनले नयाँ पुष्टि पनि निकाल्न सक्छ।

यसबारे अध्ययन पनि जारी रहेकोले एउटै कारणले संवत् फेर्नु हुदैन भन्ने समझदारी चार किरात संस्था “किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवासमाज र किरात याक्खा छुम्मा” संयुक्त रुपमा अन्तरकृया कार्यक्रम आयोजना गरेर किरात येले संमवत ५०७९ नै हो भनेर आधिकारिक धारणा रहेको समेत स्पष्ट पार्नु भएको हो।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...