News Portal

उद्देश्य समाज सेवा : काम गाना, बजाना अनि खाना !

हिमाली संचार संवाददाता
९७६ पटक
राज मल्ल, कुवेत

कुवेतको अदान अस्पताल यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह, श्रमसहचारी ज्ञानेन्द्र शर्मा, यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै सिन्धुपाल्चोक सेवा समाजका महासचिव राज श्रेष्ठ सहित उक्त अस्पतालमा रहेका नेपाली बिरामिहरुको अवस्थावारे जानकारी लिने अवसर जुर्यो ।

हुनत कुवेत बसाईले दशक पार गर्दै गर्दा अदान अस्पताल मेरो लागी पानी पंधेरो जस्तै भैसकेको छ । महाबुल्लाबाट नजिक भएर पनि होला कहिल्यै आफै बिरामि त कहिल्यै यस्तै कामकाजले अस्पताल जाने गरेको छु । सुन्दा अच्चम लाग्न सक्छ केही मिनेटको लागी भुलवस मेरो मृत्यु दर्ता भएको अस्पताल हो यो । दर्जन भन्दा बढ़ी इलिगल अवस्थामा भर्ना भएका र कम्पनिले नहेरेका नेपालीहरुलाइ डिस्चार्ज गर्न अनेक उपाए अपनाउनु परेको अनुभव छ । कहीले बैसाखि बोकेर त कहिले बिरामि प्रति चासो देखाउने सामीजिक अभियन्ता सहित पुगियो । हिजो पहिलो पटक दूतावासका प्रतिनिधी सहित पुग्दाको अनुभव भने केही पृथक रह्यो ।

पछील्लो समय सामीजिक सन्जालमा आउने घटनाक्रमलाई सबैले पछ्याउदै आएको छौ । सन्जालमा आएपछि सामाजिक संघ संस्था, अभियन्ता लगायत मिडियाको ध्यानाकर्षण हुने गर्छ । र अस्पतालको हकमा पनि हामीले हिडेको बाटो यहि हो । सड़क दुर्घटना होस या अन्य कुनै रोग ब्याथिले अस्पताल भर्ना भएकोहोस, जो बोल्न सक्छ, जस्को बोलिदिने कोही छ हो उतै तिर मात्र हाम्रो ध्यान केन्द्रित हुने गर्छ । तर बिड्म्बना समाजमा नआएका, भनौ जो बोल्न नसक्ने अवस्थामा अस्पतालमा छन अनि जस्को बोलिदिने कोही छैन उनिहरु नै महिनौ बर्षौदेखि अस्पतालको सइयामा छट्पाटाई रहेको पाइयो ।

अस्पतालमा घुम्दै गर्दा तृतीय सचिब मनोज सिंहले भन्नु भयो – “२०१८ मा भित्रमा यस्ता धेरै अस्पतालका केशहरु आए जो समाजमा नगन्य मात्रमा मात्र बाहीर आए । ति केशहरुलाई हामीले सक्दो समाधान गर्दै आएका छौ भने गर्ने क्रम पनि निरन्तर चलिहेको छ। दूतावासको काम कारवाही प्रति असंतुष्ट पक्षलाइ म के भन्न चाहान्छु भने कुवेतमा नेपाली श्रमिकहरुको अस्पताल लगायत अन्य क्षेत्रको विवरण माग्नुहोस हामी सग सुरक्षित छ।”

गत शुक्रवार महाबुल्ला एरियामा सड़क दुर्घटनामा परेकि अस्मिता घले र ७ जनवरि २०१७ मा सड़क दुर्घटना परेका भागिरथ चापागाई सहित अन्य दुइ जना नेपाली महिला अस्पतालमा उपचारक्रममा रहेको पाइयो ।

अस्मिता घलेको स्वास्थमा सुधार आइसकेको छ भने भागिरथको वारेमा विगत देखिकै अक्सिनको समस्या यथावत नै छ । तर भागिरथको लागी पछिल्लो समय नेपालको परराष्ट्र मन्त्रालय र कुवेतको स्वास्थ्य मंत्रालयले गम्भीरताका साथ काम कार्बाही अगाडी बढाएको पाइएको छ । एरएम्बुलेन्सका लागी ५२ लाख लाग्ने हुदा अझ चुनौती बनेको केशलाई परराष्ट्र सहित सम्बन्धीत निकायले कसरि समाधान गर्छ आउने दिनले बताउला ।

घरेलु महिला कामदारको रुपमा कुवेत आई इलिगल भई काम गर्दै गर्दा प्यारालाइसिसले सिकिस्त अवस्थामा अस्पताल भर्ना भएकी बुर्तिबाङ -१ बाग्लुङकी हिरा दमाईको अवस्था अझै नाज़ुक छ । बोल्न सम्म नसक्ने हिरा ४ महिनादेखि अस्पतालमा रहेकी छन भने स्वास्थ्यमा कुनै असर देखिएको छैन। हातको इसारामा आखा भरि आशु पार्दै बोल्न खोज्ने हिरा को न परिवारवाट खोजि भएको छ न कोही आफन्त सम्पर्कमा आएको छ ।

त्यसैगरि इलाम घर भई घरेलु महिला कामदारको रुपमा स्पोन्सरको घरमा काम गर्दा गर्दै मोटों आन्द्रा प्वाल परिपछि अस्पताल भर्ना भएकि नरमाया बिष्ट महत icu मा रहेकी छिन । २३ डिस्म्बरमा उपाचारको लागी भर्ना भएकि नरमायाको स्वास्थमा कहीले सुधार आउने हो केही पत्तों छैन ।

उता विगत झन्डै एक महिनादेखी ब्रेन ट्युमर जस्तो प्राणघातक रोग संग कुवेतको IBN-SINA हस्पिटलको शैयामा लडिरहेकी धादिङको बुद्ध कुमारी राई गुरुङको अवस्था भने नाज़ुक नै छ । हामीसबैलाइ अवगत नै छ १ लाखको हाराहारीमा नेपालीको जनसंख्या रहेको यस कुवेतमा संघ संस्था मात्र ७० भन्दा माथि छन । जुनसुकै नाम दिएर खोलिएका प्रवासका सबै संघ संस्थाहरुको उद्देश्य एउटै हो “समाज सेवा”। छिटपुट मात्रमा केही संघ सस्थाले यता ध्यान दिएपनि प्राय संघ संस्था भने खाना, गाना र बजाना तिरै बढ़ी केन्द्रित भएको पाइन्छ । यहा सम्मकि नितान्त श्रमिकहरु कै हक़ र हितको लागी खोलिएका संघ संस्थाका प्रतिनिधि पनि प्रेत्यक शुक्रवारे कार्यक्रम समारोहमा सहभागी हुन तल्लिन देखिन्छ भने मिडियाक्रमि चै लाइभ र हातमा क्यामेरा बोकेर फोटो खिच्दै अघी पछि ।

समाजमा राजनीतिक ,सामीजिक, सांस्कृतिक गतिबिधी हुनु अनिवार्य छ । साथै दुखित ,पिडित श्रमिकहरुको सहयोग पनि अपरिहार्य नै हुन आउछ । तसर्थ समाजमा कृयाशिल सवै संघ संस्था तथा मिडियाक्रमि मिलेर कम्ति महिनाको एक पकट मात्रै भएपनि अस्पतालको निरीक्षणको कार्यक्रम तय गरि अगाडी बढ़्न सके दुखित, पिडित असहायलाई केही राहत मिल्थ्यो की ?

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...