News Portal

कांग्रेस वरिष्ठ नेता पौडेललाई बालुवाटारमा अपमान, ओलीविरुद्ध आकस्मिक पत्रकार सम्मेलन

हिमाली संचार संवाददाता
५६१ पटक

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारलाई तनहुँको ‘गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल’ र बाँकेको ‘सुशील कोइराला क्यान्सर अस्पताल’लाई खारेज नगर्न चेतावनी दिएका छन् ।

पौडेलले सरकारले दुवै अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेको भन्दै आपत्ति जनाए । सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गरेर पौडेलले सरकारले निर्णय नसच्चाए कांग्रेसले सदन र सडकमार्फत आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

‘स्वास्थ्य मन्त्रालयले दुवै अस्पताल खारेज गर्ने तयारी गरेको छ । यो निर्णयलाई सरकारले पुनर्विचार गरोस्,’ उनले भने, ‘यो नेपाली कांग्रेसको अस्तित्वमाथिको प्रहार हो । यस विषयमा ध्यानाकर्षण गराउन आफू प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेपनि समयनै नदिएको पौडेलले बताए । ओलीले भेट्न नमानेपछि आफू त्यसै फर्कनुपरेको उनले बताए ।

‘भोलि नै हामी प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँछौ,’ वरिष्ठ नेता पौडेलले भने, ‘यदि सरकारले गम्भीरतापूर्वक लिएन भने कांग्रेसले सडकदेखि सदनसम्म कठोर रुपमा प्रस्तुत हुन बाध्य हुन्छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीको पौडेलले आलोचना गरेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको दोस्रो वरीयताको नेताले भेट्न खोज्दा ओलीबाट भएको व्यवहारले पौडेलले चित्त दुखाएका छन् ।

पौडेलले कम्युनिस्ट वर्तमान सरकार सुशासन, शान्ति सुरक्षा र विकासको उल्टो बाटोमा लागेको लागेको भन्दै अस्पताल खारेज गर्न खोज्नु त्यसको एक उदाहरण भएको दावी गरेका छन् ।

पौडेलले वाइडबडी प्रकरणमा सभापति देउवाले आफ्नो संलग्नता नरहेको बताइसकेको भन्दै यसको छानविनमा जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उल्लेख गरे । ‘सभापतिजीले मेरो संलग्नता छैन भन्नुभएको छ,’ उनले भने, ‘छानबिन गरेपछि के हो थाहा हुन्छ । अहिले आरोप लगाउनु हुँदैन ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...