News Portal

कांग्रेस वरिष्ठ नेता पौडेललाई बालुवाटारमा अपमान, ओलीविरुद्ध आकस्मिक पत्रकार सम्मेलन

हिमाली संचार संवाददाता
५०७ पटक

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारलाई तनहुँको ‘गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल’ र बाँकेको ‘सुशील कोइराला क्यान्सर अस्पताल’लाई खारेज नगर्न चेतावनी दिएका छन् ।

पौडेलले सरकारले दुवै अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेको भन्दै आपत्ति जनाए । सोमबार सिंहदरवारमा पत्रकार सम्मेलन गरेर पौडेलले सरकारले निर्णय नसच्चाए कांग्रेसले सदन र सडकमार्फत आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

‘स्वास्थ्य मन्त्रालयले दुवै अस्पताल खारेज गर्ने तयारी गरेको छ । यो निर्णयलाई सरकारले पुनर्विचार गरोस्,’ उनले भने, ‘यो नेपाली कांग्रेसको अस्तित्वमाथिको प्रहार हो । यस विषयमा ध्यानाकर्षण गराउन आफू प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेपनि समयनै नदिएको पौडेलले बताए । ओलीले भेट्न नमानेपछि आफू त्यसै फर्कनुपरेको उनले बताए ।

‘भोलि नै हामी प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँछौ,’ वरिष्ठ नेता पौडेलले भने, ‘यदि सरकारले गम्भीरतापूर्वक लिएन भने कांग्रेसले सडकदेखि सदनसम्म कठोर रुपमा प्रस्तुत हुन बाध्य हुन्छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीको पौडेलले आलोचना गरेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको दोस्रो वरीयताको नेताले भेट्न खोज्दा ओलीबाट भएको व्यवहारले पौडेलले चित्त दुखाएका छन् ।

पौडेलले कम्युनिस्ट वर्तमान सरकार सुशासन, शान्ति सुरक्षा र विकासको उल्टो बाटोमा लागेको लागेको भन्दै अस्पताल खारेज गर्न खोज्नु त्यसको एक उदाहरण भएको दावी गरेका छन् ।

पौडेलले वाइडबडी प्रकरणमा सभापति देउवाले आफ्नो संलग्नता नरहेको बताइसकेको भन्दै यसको छानविनमा जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उल्लेख गरे । ‘सभापतिजीले मेरो संलग्नता छैन भन्नुभएको छ,’ उनले भने, ‘छानबिन गरेपछि के हो थाहा हुन्छ । अहिले आरोप लगाउनु हुँदैन ।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...