News Portal

पर्वतकि सीता सापकोटाको तरकारी खेतीले बदलियो जीवनशैली

हिमाली संचार संवाददाता
६१३ पटक
दुर्गाप्रसाद शर्मा

पर्वत : पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवती तथा महिलाहरुको संख्या पनि उल्लेख्य मात्रामा बढ्दै गएको छ । स्वदेशमै केहि गर्न नसकेर वा नचाहेर बिदेश पलायन हुने महिलाहरुको संख्या बढ्दै गएका बेला यहाँकी एक महिलाले भने व्यावसायिक तरकारी खेती गरेर मनग्गे आम्दानी गर्न थालेकी छन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठूलीपोखरी स्थित बुमिकी सिता सापकोटाले व्यावसायिक तरकारी खेती गरेर बार्षिक रु ३ लाख रुपैया आम्दानी गर्न थालेकी हुन् । घर वरिपरी रहेको झण्डै एक रोपनी जग्गालाई उपयोग गरेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएकी सापकोटाले तरकारीबाटै भएको कमाईले घडेरी समेत किनिसकेकी छिन् । उनले भरतपुर महानगरपालिकामा चार आनाको घडेरी समेत किनिसकेकी हुन् ।

घरायसी काम काम धन्दा सकेर वरिपरी रहेको जग्गामा गोलभेडा, काउली, आलु, बन्दागोपी, खुर्सानी, लौका, साग, घिरौला लगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेको बताएकी छन् । सिंचाईको पर्याप्त सुविधा नभएपनि खानेपानीको धारावाट बचत भएको र खेर गएको पानी संकलन गरेर तथा गाईवस्तुको गहुँत प्रयोग गरेर अर्गानिक तरकारी उत्पादन गर्ने गरेको सापकोटाले सुनाईन ।

दुईवटा प्लाष्टिक घरमा गोलभेडा खेती गर्दै आएकी छन् भने बाँकी जग्गामा अन्य तरकारीहरु लगाउने गरेको सापकोटाले बताईन । उनले भनिन्–‘पहिले पहिले घरका लागि मात्रै तरकारी लगाउने गरिन्थ्यो, विगत एक दशकदेखि व्यावसायिक रुपमा लगाउन थालेकि हुँ, आफु निकै सफल भएको अनुभव भएको छ ।’ सापकोटाका अनुसार उत्पादित तरकारी स्थानीय ठूलीपोखरी बजार, खौलालाकुरी बजार र सदरमुकाम कुश्मामा विक्रि हुने गरेको छ ।

अहिले त बाह्रैमास मोटरवाटो सुचारु हुन्छ, विक्रि गर्नका लागि कुनै समस्या छैन, ग्राहकहरु घरमै आउँछन् उनले भनिन् । पैसा कमाउनका लागि विदेशनै जानुपर्छ वा जागिर नै खानुपर्छ भन्ने रहेनछ सापकोटाले भने–‘सामान्य मेहनले पनि प्रसस्त कमाई हुँदोरहेछ ।’ आफुलाई घरमा ताजा तरकारी खान पनि हुने, इष्टमित्र, परपाहुनालाई कोसेली दिन पनि हुने, कमाई पनि हुने भन्दै सापकोटाले यहि पेशामा रमाउने गरेको बताईन ।

सापकोटाको तरकारी फार्ममा श्रीमान हेमराज सापकोटाले पनि सघाउँदै आएका छन्् । पेशाले राजनीतिमा सक्रिय हेमराजले फुर्सदको समयमा खेतवारीमा श्रीमतीलाई सघाउने गरेको बताए । उनि राजनीति सँगै पण्डितको काम पनि गर्छन ।
सापकोटाले तरकारीबाटै भएको कमाईबाट घडेरी किन्ने, मासिक रुपमा बचत गर्नुुका साथै आफ्ना दुईवटा छोरालाई उच्च शिक्षा समेत पढाएकी छिन् ।

राजधानीको शंकरदेव क्याम्पसमा उच्च शिक्षाका लागि छोराहरुलाई खर्च समेत यहि तरकारीबाट पुगेको उहाँले बताए । आफु लामो समयदेखि व्यावसायिक रुपमा तरकारी कृषकको रुपमा रहेको भएपनि कुनै निकायवाट अहिलेसम्म केहिपनि सहयोग नपाएको उनको गुनासो छ । उनले स्थानीय तह वा प्रदेशबाट अझै उन्नत जातका बिऊ तथा अन्य प्राविधिक सहयोग पाएमा अझै पनि आम्दानी गर्न सकिने उनको भनाई रहेको छ ।

प्रसस्त धन कमाउने रहर बोकेर विदेश जानेहरुलाई उनको सुझाव छ कि खाडी मुलुकमा जोखिम मोलेर धेरै आम्दानी गर्नुभन्दा, गाउँमै नङ्ग्रा खियाउन बेस हुँदो रहेछ । उनले बढ्दै गएको बाँझो जग्गामा व्यावासायिक रुपमा खेती गर्न महिलाहरुलाई आग्रह समेत गरिन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...