News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दूतावास कुवेतमा श्रमिकहरूको हकहित प्रवर्ध्दन एवं समस्या समाधान विषयक अन्तरकृया कार्यक्रम सम्पन्न

    हिमाली संचार संवाददाता
    ६०९ पटक
    कुवेत

    कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई कुवेतको श्रम तथा अध्यागमन कानुनका महत्वपूर्ण पक्षहरू एवं श्रमिकका विविध जटिल समस्याहरूको कानुनी उपचार एवं अन्य समाधानका उपायहरूका बारेमा जानकारी प्रदान गरी उनीहरूको रोजगारलार्इ फलदायी बनाउने उदेश्यले राजदूतावासमा शुक्रबार “नेपाली श्रमिकहरूको हकहित प्रवर्ध्दन एवं समस्या समाधान” विषयक एक अन्तरकृया कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ ।

    उक्त कार्यक्रममा कुवेतका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरू, रोजगारदाता कम्पनीका व्यवस्थापकहरू, कुवेतका कानून व्यवसायी, गैर आवासीय नेपाली संघ सहित नेपाली संघसंस्थाका प्रतिनिधिहरू एवं स्थानीय पत्रकारहरूको सहभागिता रहेको थियो ।

                 राजदुत यज्ञ बहादुर हमाल।

    कार्यक्रमका सहभागीहरूलाई सम्बोधन गर्दै महामहिम राजदूत यज्ञ बहादुर हमालले कुवेतमा कार्यरत नेपाली श्रमिकहरूका विभिन्न गम्भीर र जटिल प्रकृतिका समस्याहरू राजदूतावासले उच्च प्राथमिकताका साथ समाधान गरिदिनुका साथै अन्य सेवाहरू सरल, शीघ्र एवं प्रभावकारी ढंगबाट प्रदान गर्दै आएको बताउनुभयो ।

    सो अवसरमा राजदूत हमालले नेपाली श्रमिकहरूको रोजगारलार्इ सम्मानित र फलदायी बनाउन वैदेशिक रोजगारमा आउनुअघि नेपाली कामदारहरूलाई दिइने अभिमुखीकरण तालिममा श्रम गन्तब्य मुलुकको भाषा, भूगोल, श्रम कानुन तथा अन्य सामाजिक, सास्कृतिक पक्षहरूको बारेमा बिस्तृत रूपमा र गहन ढंगबाट जानकारी प्रदान गरेर प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको थियोे ।

    साथै कुवेतमा विगतका बर्षहरूमा घाइते भएका एवं मृत्यु भएका नेपाली श्रमिकहरूका कानुनी हकदारहरूलार्इ क्षतिपूर्ति उपलव्ध गराउनका लागि आफूले गरेको विशेष पहल तथा निरन्तरको कार्यको फलस्वरूप आफनो कार्यकालमा झण्डै २० करोड नेपाली रूपैयां उनीहरूले पाउने गरी नेपाल पठाइ सकिएको राजदूत हमालले जानकारी समेत दिनुभयो।

    राजदूतावासका मिनिष्टर काउन्सिलर प्रकाशमणि पौडेलले सम्पूर्ण सहभागीहरूलाई कार्यक्रममा स्वागत गर्दै नेपाली कामदारहरूले आफ्नो पेशागत ज्ञान, सीप बढाइ वैदेशिक रोजगारबाट अधिकतम लाभ लिन प्रयासरत रहनुपर्ने बताए।

    त्यसैगरी राजदूतावासका द्वितीय सचिव ज्ञान बहादुर मगरले कुवेतको श्रम कानुनमा भएका श्रमिकका हकअधिकार, अध्यागमन कानुन तथा श्रमिकहरूका लागि उपयोगी अन्य जानकारीहरू समेटिएको प्रस्तुतीकरण (Power Point Presentation) गर्नुभएको थियो भने राजदूतावासका तृतीय सचिव मनोज कुमार सिंहले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहभागी नेपाली कामदारहरूलाई राजदूतावासबाट प्रकाशित “श्रमिकको साथी” नामक पुस्तिका समेत वितरण गरिएको थियो ।

    उक्त कार्यक्रममा कुवेतको Yousef Ahmed Alghanim and Sons company, M.H. Alshaya company र Almulla Cleaning & Maintenance Company का ब्यवस्थापकहरू Ms. Lilian Youssef, Mr. Hasem Ali र Mr. Ganesan Iyer ले नेपाली कामदारहरू इमान्दार, मिहिनेती रहेको र तल्लो तहदेखि ब्यवस्थापनतहसम्म काम गरीरहेको बताउँदै भविष्यमा नेपालबाट थप कामदारहरू ल्याउन इच्छुक रहेको बताए।

    कुवेती वकिल Mr. Mohamed Al-Enezi ले क्षतिपूर्ति एवं कानुनी हक प्राप्तिका लागि कामदारहरूले प्रमाणहरू सुरक्षित राख्नुपर्ने र जतिसक्दो चाँडो कानुनी प्रकृया अघि बढाउनुपर्ने लगायतका महत्वपूर्ण कानुनी परामर्श दिनु भएको थियो ।

    कार्यक्रममा सहभागी नेपाली श्रमिकहरूको तर्फबाट रोजगारका क्रममा आफूले भोग्नु परेको समस्याहरुको बारेमा जानकारी गराउंनुका साथै कुवेतको श्रम, अध्यागमन कानुन लगायत अन्य सान्दर्भिक विषयहरूमा विविध जिज्ञासाहरू राखिएको थियो र राजदूतावासका कर्मचारीहरूबाट त्यस सम्बन्धमा प्रत्यूतर तथा सुझाव प्रदान गरिएको थियो ।

    दूतावासद्वारा जारी विज्ञप्ति यस्तो छ:

    प्रतिकृया दिनुहोस्

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...