News Portal

नर्भिकले सुरु गर्यो कृत्रिम खुट्टा वितरण शिविर

हिमाली संचार संवाददाता
५४२ पटक

काठमाडौँ– नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आज कृत्रिम खुट्टा वितरण शिविरको शुभारम्भ गरेको छ ।  नेपालस्थित भारतीय राजदूतावास, भगवान महावीर विकलाङ्क र भारतको जयपूर फ्रूडको विशेष सहयोगमा ५ सय अपाङ्गलाई खुट्टा प्रदान गरिने जनाइएको छ ।

आज काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालको प्राङगणमा शुभारम्भ गरिएको शिविरमा जन्मजात र विभिन्न दुर्घटनामा खुट्टा गुमाएका ५१ जना व्यक्तिहरुलाई निशुःल्क खुट्टा प्रदान गरिएको छ  । कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भारत र नेपालबीच धेरै कुरामा सहकार्य भएपनि स्वास्थ्य क्षेत्रमा सहकार्य नभएको भन्दै अबको दिनमा सहकार्य गर्न आवश्यक भएको बताए । मन्त्री यादवले नेपालमा दुर्घटनाबाट धेरै व्यक्तिहरु अपाङ्ग हुने गरेको भन्दै नर्भिकले सञ्चालन गरेको शिविरले धेरैको जीवनमा खुशी प्रदान गर्ने बताए ।

यस्तै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले अबका दिनमा नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा पनि सहकार्य आवश्यक भएको र यसको लागि भारत तयार रहेको बताए ।  कृत्रिम खुट्टा वितरण कार्यक्रम चौधरी फाउण्डेशन नेपालका अध्यक्ष विनोद चौधरीले आफ्नो संस्थाले यस्तै समाजसेवाको काम लामो समयदेखि गर्दै आएको र भोलीका दिनमा पनि निरन्तता दिने बताए ।

५० हजार रुपैयाँ पर्ने कृत्रिम खुट्टा भारतबाट प्राविधित ल्याएर नर्भिकमानै तयारी गरिएको छ । नेपालमा खुट्टा नभएको अपाङ्गा व्यक्तिहरु झण्डै १ लाख रहेको नर्भिकको अनुमान रहेको छ ।

बाँकी  ५ सय कृत्रिम खुट्टा नवलपुरका सहज अस्पतालसँगको सहयकार्यमा निशुल्क वितरण गरिने योजना रहेको छ । साथै नवलपरासीका १० वटा विद्यालयमा ‘डिजिटल क्लासरुम’ कार्यक्रम सञ्चालन भइरहेको पनि नर्भिकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...