News Portal

  • नेपाली महिलालाई भारत हुँदै खाडी पठाउन ‘फर्जी कागजपत्र’ प्रयोग

    ७२९ पटक

    काठमाडौ – सङ्गठित रूपमा काम गर्ने दलालहरूले कीर्ते गरिएका सरकारी कागजपत्र प्रयोग गरेर नेपालबाट महिलाहरूलाई भारतको बाटो हुँदै खाडी मुलुकहरूमा पठाउने गरेको भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्।

    दलालले अवैध रूपमा भारतको राजधानी नयाँ दिल्ली पुर्‍याएर अलपत्र पारेको अवस्थामा उद्धार गरिएका केही महिलासँग फर्जी कागजपत्र भेटिएपछि यो तथ्य खुलेको उनीहरूले बताए।

    दिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता हरिप्रसाद ओडारीका अनुसार उद्धार गरिएका केही महिलाहरूसँग दूतावासबाट जारी भएको देखिने फर्जी ‘नो अब्जेक्शन लेटर’ भेटिने गरेको छ।

    “त्यो हेर्दै नक्कली भनेर चिनिने खालको छ,” उनले भने, “यस विषयमा हामीले भारतीय प्रहरीलाई जानकारी गराइसकेका छौँ।”

    यो एक हप्तामा नयाँ दिल्लीका विभिन्न स्थानबाट नेपाली राहदानी लिएर खाडी मुलुक हिँडेका दर्जनौँ महिलालाई दिल्ली महिला आयोगको सहयोगमा उद्धार गरिएको छ।

    गिरोह

    नेपाली राजदूतावासका अनुसार भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि यात्रा गर्न आवश्यक कागजपत्रका नमुना भारतीय अध्यागमन विभागलाई तत्कालै इमेल गरेर पठाइने प्रणाली विकास गरिसकिएको छ।

    तर अहिले पनि नेपाली महिलाहरू नक्कली कागजपत्र बोकेरै भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक पुगिरहेका छन्।

    सोमवार गरिएको उद्धारमा ६१ वटा नेपाली राहदानी भेटिएको दिल्ली महिला आयोगले जनाएको छ

    उनीहरूलाई त्यसरी लैजाने काममा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय भएको हुनसक्ने जानकारहरू बताउँछन्।

    नेपाल प्रहरीका अधिकारीहरूका अनुसार कामदार भिसामा खाडी मुलुक जानबाहेक अरू भ्रमणका लागि राजदूतावासले कागजपत्र बनाउनु नपर्ने हुँदा सहजै महिलाहरूले भारतीय अध्यागमन पार गर्ने गरेका छन्।

    “भ्रमण भिसामा जाने नेपालीका लागि दूतावासले त्यस्ता कागजात जारी गर्नु पर्दैन,” नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले भने, “धेरै नेपाली महिला भ्रमण भिसामा नै खाडीतर्फ जाने गरेको भेटिएको छ।”

    उद्धार

    नेपाल सरकारले जोर्डनबाहेक खाडी मुलुकहरूमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई जान प्रतिबन्ध लगाएको छ।

    त्यो प्रतिबन्ध छल्नका लागि दलालहरूले भारत र श्रीलङ्काको समेत बाटो रोज्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

    गएको सात दिनभित्र तीन फरक स्थानबाट ७१ जना नेपाली महिलाको उद्धार गरिसकिएको दिल्ली महिला आयोगले जनाएको छ। सो आयोगका अनुसार अधिकांश महिलाहरूलाई बनारस हुँदै दिल्ली पुर्‍याइएको हुनसक्ने आधार भेटिएका छन्।

    दिल्लीमा उद्धार गरिएका महिलामध्ये ३२ जना नेपाली नै भएको पुष्टि भएको र गत हप्ता उद्धार गरिएका १६ जनालाई मंगलवार नेपाल पठाइसकिएको भारतस्थित नेपाली राजदूतावासले बताएको छ।

    मंगलवार राति उद्धार गरिएका थप ३९ जनाको भने कागजपत्र जाँच गर्न बाँकी नै रहेको दूतावासका अधिकारीहरूले बताएका छन्।उनीहरू नेपाली नागरिक भएको पुष्टि भए नेपाल फर्काइने प्रवक्ता ओडारीले बताए। बिबिसी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २५ गतेको राशिफल

    आज असार २५, २०८२ (जुलाई ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...