News Portal

ठकुरी सहयोग संजाल युएईले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सव्य र भव्य रुपमा सम्पन्न

हिमाली संचार संवाददाता
७४१ पटक

युएई : पौंष २७ गते शुक्रबार बरदुबई स्थित शिल्भर रेस्टुरेन्टको हलमा युएईमा रहि समाजसेवा निम्ति खोलिएका संघ संस्थालाई निमन्त्रणा दिई सामुहिक रुपमा मनाएको छ। ठकुरी सहयोग संजाल युएईको उद्देश्य पनि सबैसंग सहकार्य गरि जातीयता सदभाव काम गरि देश र राष्ट्रकै निम्ति समृद्धिको सानो जिम्मेवारी लिन्ने ठकुरी सहयोग संजाल युएई पनि एक संजाल हो।

दुखद के छ भन्ने यतिबेला देश बिदेशमा उत्साहका साथ मनाउँदै गर्दा, सरकारले यसको व्यवस्था र स्थान, सम्मान नगर्दा, के देशमा साच्चिकै न्याय हराकै हो त के पृथ्वीनारायण शाहको यो देश राष्ट्रप्रति कुनै योगदान र भलिदान नभएको महसुस गरेको रहेछ । यो सरकारलाई एक नेपाली नागरिक भएर प्रश्न गर्न चाहे किन कस्को दबाबमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस खुलेर मनाउन र सार्वजनिक बिदा दिन किन अलमल गरेको छ, सरकार ? संजालका वरिष्ठ उपाध्यक्ष दिपक शाही ठकुरीले यसरी जवाफ र प्रश्न गर्नु भएको छ।

संजालका संरक्षक केन्द्रीय सल्लाहकार नरेश सेनले पृथ्वी जयन्ती किन मनाउने र कस्का लागि मनाउने भनेर कार्यक्रममा स्पष्टीकरण गरि कार्यक्रमको सरुवात गर्नु भएको थियो। नेपालबाट केन्द्रीय संजालका कोषाध्यक्ष सुशील शाहको प्रमुख अथितीको रुपमा पुग्नुभएको थियो, विशिष्ट अतिथिमा बिदेश प्रमुख रामु शाही र नेपाली समाज युएईका प्रमुख चन्द्र प्रशाद सापकोटा हुनुहुथ्यो भने संजालका सल्लाहकारहरु लोकेन्द्र बहादुर बम, तारा मल्ल, भिम हमाल, विश्वदेव शाह, शुशिल मल्ल, केबि जंग शाही लागाएत उपस्थिति संघसंस्थाका प्रमुखहरु अथितीको सम्मान सहित स्वागत गरेको थियो।

नेपालबाट विश्व भ्रमणमा रहनुभएका मनोज चन्द, उँहा अाफैमा अतभुत कला हात, मुख, खुट्टा, नाकले सजिलै लेख्न सक्ने हस्ति युएईमा हुँदा संजालले पनि सम्मान गर्ने मौका पाएको छ। साथै संजालका खेलाडीहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरेको छ। कार्यक्रम सम्पन्न पछि जन्म उत्साहको खुशियालीमा मनोरञ्जन साथै ७० जना भन्दा बढिलाई खाना खुवाईको थियो।

कार्यक्रम संजालका अध्यक्ष भिम मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...