News Portal

  • जोशीको प्रमुख आतिथ्यमा पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश मकाउमा भब्यताको साथ सम्पन्न

    हिमाली संचार संवाददाता
    १५३६ पटक

    कर्ण अधिकारी 

    मकाउ  –  श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहलाई नेपालको राजनिति र भूगोल भन्दा माथि राख्दै आर्य-क्षेत्री समाज मकाउले पौष २७ गतेका दिन २९७ औं पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश मकाउमा भब्यताको साथ मनाएको छ।

    कार्यक्रममा पृथ्वी नारायण शाहको योगदानकै बिषयमा चर्चा परीचर्चा गरीएको थियो।नेपाल संघीय गणतन्त्रमा गएता पनि आधुनिक नेपालको निर्माता पृथ्वी नारायण शाहको शालिकमा गणतान्त्रिक राष्ट्रपति बिद्यादेवी भण्डारीले समेत माल्यार्पण गर्नु भएको थियो।

    नेपालमा २४० बर्षीय शाह बंशको अन्त्ये भए पनि पृथ्वी नारायण शाह प्रति नेपाली जनताले देखाउने भक्ति भावमा चाँहि कमी हुनु हुँदैन भन्दै क्षेत्री समाजले एकिहासिक रूपमा एकता दिवश मनाएको हो।

    आर्य-क्षेत्री समाज मकाउले आयोजना गरेको एतिहासिक कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद् एशिया प्यासेफिकका आर्थिक समन्वय समितिका सह-संयोजक अम्बिर जोशीको प्रमुख आतिथ्यमा अतिथीहरू पश्चिमेली समाजका अध्यक्ष एवं आर्य-क्षेत्री समाजका कोषाध्यक्ष पदम सिंह पन्त,अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी,नेपाली जनसम्पर्क समिति मकाउको तर्फबाट प्रतिनिधि सचिव रमेश अधिकारी,पुर्ब प्रवासी मञ्च मकाउका  सल्लाहकार राजेश प्रसाई,नेपाल बिद्यार्थी संघ मकाउका अध्यक्ष एवं नेपाली समाज मकाउका उपाध्यक्ष युवराज न्यौपाने,समितिका उपाध्यक्ष तारा बहादुर महत,समाजको सल्लाहकार राजकपुर थपलिया,अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीहरू लगाएत मकाउका बिभिन्न कम्पनीहरूमा कार्यरत रहेका नेपालीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको उद्धाटन समाजका अध्यक्ष निरञ्जन खड्का र प्रमुख अतिथि अम्बिर जोशीले संयुक्त रूपमा पानसमा बत्ति बाल्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो।प्रवासमा रहेर पनि राष्ट्र निर्मातालाई सम्झिएर कार्यक्रम गर्न पाएकोमा खुशी ब्यक्त गर्छन l

    समाजकै कोषाध्यक्ष पदम सिंह पन्त।कार्यक्रममा मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि अम्बिर जोशीले एकताको शुत्रधार र राष्ट्र निर्माता पृथ्वीका कारण आज हामीहरू बिश्वका कुना कुनामा नेपाल लेखिएको हरीयो पासपोर्ट लिएर नेपाल र नेपाली हौ भन्न पाएको र यो राष्ट्रिय एकता दिवश मकाउमा रहेको सामाजिक एवं सबै नेपालीहरूको छाता संस्था गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउले सबै नेपालीलाई एकताको सुत्रमा बाधेर महा बाणिज्य दुताबास हंगकंगको महाबाणिज्य दुतको प्रमुख आतिथ्यमा हुनु पर्नेमा त्यसो हुन नसक्दा दु:ख ब्यक्त गर्दै आर्य-क्षेत्री समाजले कार्यक्रम गरेर पृथ्वी नारायण शाहलाई सम्झिएकोमा खुशी ब्यक्त गर्नु भएको थियो।समितिका कोषाध्यक्ष पदम सिंह पन्तले कार्यक्रमलाई एतिहासिक रूपमा सम्पन्न गराउनका लागि अहम भूमिका निर्बाह गरेका थिए।

    कार्यक्रममा कार्य समितिका पदाधिकारीहरूको परीचयात्म तथा सम्मान समेत गरीएको थियो।कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष निरञ्जन खड्काले गरेका थिए भने कार्यक्रम संचालन समितिकै महासचिव राजन खत्रीले गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...

    स्पष्ट आधारबिना कम्युनिस्ट एकता सम्भव छैन : अध्यक्ष माधव नेपाल

    काठमाडौं, कात्तिक १२ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भए...

    निर्वाचन रोक्ने आदेशले देश ठप्प हुने चेतावनी : न्यायाधीश रेग्मी

    काठमाडौं, कार्तिक १२ – प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पनि...

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...