News Portal

सिम्ता काफलकोटका दिपक सिंह ठकुरीको कोहलपुर नयाँ बसपार्क नजिक घाटि रेटेर हत्या

हिमाली संचार संवाददाता
२७०४ पटक

होमराज वलि
कोहलपुर : कोहलपुर नगरपालिका वडा नं. ११ नया बसपार्क स्थित एक ब्यक्तिको शब फेला परेको छ । अन्दाजी २२ बर्षको यूवकको घाटी आधा काटिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सुर्खेत सिम्ता गाँउपालिका वडा नं. २ काफलकोटका दिपक(मोहन) सिंह ठकुरी कोहलपुर नगरपालिका वडा नं. ११ मा मृत अबस्थामा फेला परेका हुन । मृतकका आफन्तका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए ।

यो पनि पढ्नुहोस।

दिपक सिंह ठकुरीको क्रूर हत्याप्रति ठकुरी सहयोग संजालद्वारा सरकारको ध्यानाकर्षण 

श्रोतका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात ब्यक्तीले बोलाएको भन्दै शुक्रबार निस्कीएका ठकुरी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन ।

उनी कोहलपुरमा भाउजुको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । बिहान करिब ४ बजे फोन आएर उनी घरबाट निस्केको परिवारले जनाएको छ।

प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लाठी समेत बरामद गरेको छ । घटनाको अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले कुकुर मार्फत अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...