News Portal

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

८५ पटक

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन र व्यवसायी सङ्घबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय जिल्लामा महामारीकै रूपमा फैलिन थालेको बर्डफ्लु रोकथामका उपायबारे सुरक्षा निकाय, प्रशासनिक प्रमुख, सञ्चारकर्मी तथा व्यवसायीहरूबीच महत्वपूर्ण छलफल गरिएको हो।

छलफलका क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्रिने कुखुरा नै रोग फैलिनुको मुख्य कारण भएको सहभागीहरूले निष्कर्ष निकालेका छन्। त्यसलाई नियन्त्रण गर्न प्रशासन र सुरक्षा निकायले कडाइका साथ निगरानी बढाउने तथा आवश्यक कदम चाल्ने निर्णय गरिएको छ।

कार्यक्रममा जनचेतना अभिवृद्धि गर्ने, साथै व्यवसायीहरूले सुरक्षित र प्रमाणित स्रोतबाट मात्र कुखुरा खरिद–बिक्री गर्नुपर्नेमा जोड दिइएको थियो। महामारी नियन्त्रणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको निष्कर्षसमेत निकालिएको छ।

व्यवसायी पक्षले पनि सम्पूर्ण व्यवसायीहरूलाई भारतबाट अवैध रूपमा कुखुरा आयात नगर्न आग्रह गर्दै सचेत नागरिकको दायित्व पूरा गर्न सबैलाई अपिल गरेका छन्।

मासु व्यवसायी सङ्घ मोरङका उप–सचिव फडिन्द्र राज बरालका अनुसार कार्यक्रमले बर्डफ्लु नियन्त्रणका लागि समन्वयात्मक प्रयासलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...