News Portal

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

७६ पटक

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका सार्वजनिक भएको छ। उक्त जग्गा २०२४ साल वैशाख १७ गतेको श्री ५ को सरकारको नाममा रहेको तथा हटिया कायम गरिएको अभिलेखमा उल्लेख छ।

त्यसैगरी, २०५५ साल फाल्गुन २६ गतेको नयाँ नापी अनुसार सो क्षेत्रलाई ‘स्कुल एरिया’ कायम गरिएको तथ्य मालपोत तथा नापी कार्यालयको श्रेस्तामा भेटिएको छ। तर पछिल्लो समय उक्त सरकारी जग्गा व्यक्तिको नाममा रहेको भन्दै अफवाह फैलाइएको बताइएको छ।

स्थानीय स्रोतका अनुसार केही भूमाफियाहरूले आफ्नो जग्गाको मूल्य बढाउने उद्देश्यले योजना बनाइरहेका छन्। सोही योजनाअन्तर्गत रङ्गेली–७ स्थित पुरानो नेपाल बैंक अगाडि इलाका प्रशासन कार्यालयलाई जग्गा निःशुल्क उपलब्ध गराउने प्रस्ताव अघि सार्दै बाँकी आफ्नो निजी जग्गा चर्को मूल्यमा बिक्री गर्ने रणनीति बनाइएको चर्चा भइरहेको छ।

स्थानीयवासीहरूले भने नेपाल सरकारको स्वामित्वमा रहेको उक्त जग्गालाई नै इलाका प्रशासन कार्यालयको उपयोगमा ल्याई सोही स्थानमा भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन्।

यस विषयमा स्थानीय तह तथा सम्बन्धित निकायहरूको ध्यान जान आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...