News Portal

मनकारी ईनिस्पेक्टर न्यौपाने : बृद्धबुवालाई मोजा लगाईदिदै

हिमाली संचार संवाददाता
६७२ पटक

तुलसीपुर : शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस तुलसीपुरले बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ । सोमबार शसस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा गएको टोलीले तुलसीपुर १२ मा रझेनीमा रहेको बृद्धाश्रममा रहेका ४ जना बृद्धबृद्धा लाई ओढ्ने शल, टोपी, मोजा, पञ्जा, चामल वितरण गरिएको हो ।

बृद्धबृद्धाहरुलाई जाडोको समयमा स्वास्थ्यमा कुनै असर नपरोस भनेर न्यानो कपडा बितरण गरिएको न्यापानेले बताए । बृद्धाअबस्थामा जाडोेले निकै सताउने गर्छ’ उनले भने‘ त्यसैले बृद्धआमाबुवाहरुलाई जाडोमा न्यानोको लागि उक्त सामग्री प्रदान गरेका हौं ।

शसस्त्र प्रहरी बेस तुलसीपुरमा कार्यरत सबै प्रहरीले आफ्नो तलबबाट केही रकम छुट्याएर बृद्धबृद्धाहरु लाई सहयोग गरेको न्यौपानेले बताए । बृद्धसेवा समिति तुलसीपुरले सञ्चालनमा ल्याएको उक्त बृद्धसेवामा अहिले चारजना बृद्धबृद्धाहरु बस्ने गरेका छन् ।

मनकारी ईनिस्पेक्टर
न दशै, न तिहार , न अन्य कुनै बिदा । प्रहरीका लागि बिदा मनाउन पाउनु भनेको त्यति सहज छैन् । किनकी देश र जनताको लागि अहोरात्र खटिने प्रहरीका लागि बिदा भन्दा देशको सेवा गर्ने ठूलो जिम्मेवारी काँधमा छ । हरेक दिन शान्तिसुरक्षामा खटिने प्रहरीहरु सोमबार भने बृद्धबृद्धाको सेवामा पनि खटिए ।

‘हामीहरुले भनेको समयमा बिदा पाउँदैनो, सधै देश र जनताको सेवामा खटिन्छौ’ न्यौपानेले भने‘ त्यसैले घरकै आमाबुवासम्झेर हामीले हजुरहरुलाई सम्झना स्वरुप यो न्यानो कपडा बितरण ग-यौंं ।’ हरेक घटना दुर्घटना भएको बेला ‘रिस्क’ लिएर अगाडि बढ्ने आँटिला प्रहरी निरीक्षक न्यौपानेले दुःख परेको बेला मलहम पनि लगाउन जानेको छन् ।

छोराछोरीले नहेरेपछि बृद्धाश्रममा बसेका बृद्धबृद्धाहरु लाई आफ्नो आमा बुवासरह ब्यबहार गरेर खुट्टा मोजालगाउँदा उनी भाबुक पनि बनेका थिए । आफु कार्य ब्यस्ताले घर भन्दा टाढा रहेको भन्दै आमा बुवा जसरी सेवा गर्न पाएकोमा खुसी पनि ब्यक्त गरे ।

‘ मैले घरमै रहेर आमा वुवालाई सेवा गर्न त पाईन’ उनले भने‘ तर उहाँहरुलाई सेवागर्न पाउँदा आमाबुवालाई सेवा गरेको महसुस भयो। खोलाहरुमा अबैद्य रुपमा भईरहेको उत्खनन् गर्नेहरुलाई ठेगान लगाएका न्यौपानेले तुलसीपुरको शान्तिसुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाए । नयाँपत्रीका

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...