News Portal

  • मनकारी ईनिस्पेक्टर न्यौपाने : बृद्धबुवालाई मोजा लगाईदिदै

    हिमाली संचार संवाददाता
    ५६८ पटक

    तुलसीपुर : शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस तुलसीपुरले बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ । सोमबार शसस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा गएको टोलीले तुलसीपुर १२ मा रझेनीमा रहेको बृद्धाश्रममा रहेका ४ जना बृद्धबृद्धा लाई ओढ्ने शल, टोपी, मोजा, पञ्जा, चामल वितरण गरिएको हो ।

    बृद्धबृद्धाहरुलाई जाडोको समयमा स्वास्थ्यमा कुनै असर नपरोस भनेर न्यानो कपडा बितरण गरिएको न्यापानेले बताए । बृद्धाअबस्थामा जाडोेले निकै सताउने गर्छ’ उनले भने‘ त्यसैले बृद्धआमाबुवाहरुलाई जाडोमा न्यानोको लागि उक्त सामग्री प्रदान गरेका हौं ।

    शसस्त्र प्रहरी बेस तुलसीपुरमा कार्यरत सबै प्रहरीले आफ्नो तलबबाट केही रकम छुट्याएर बृद्धबृद्धाहरु लाई सहयोग गरेको न्यौपानेले बताए । बृद्धसेवा समिति तुलसीपुरले सञ्चालनमा ल्याएको उक्त बृद्धसेवामा अहिले चारजना बृद्धबृद्धाहरु बस्ने गरेका छन् ।

    मनकारी ईनिस्पेक्टर
    न दशै, न तिहार , न अन्य कुनै बिदा । प्रहरीका लागि बिदा मनाउन पाउनु भनेको त्यति सहज छैन् । किनकी देश र जनताको लागि अहोरात्र खटिने प्रहरीका लागि बिदा भन्दा देशको सेवा गर्ने ठूलो जिम्मेवारी काँधमा छ । हरेक दिन शान्तिसुरक्षामा खटिने प्रहरीहरु सोमबार भने बृद्धबृद्धाको सेवामा पनि खटिए ।

    ‘हामीहरुले भनेको समयमा बिदा पाउँदैनो, सधै देश र जनताको सेवामा खटिन्छौ’ न्यौपानेले भने‘ त्यसैले घरकै आमाबुवासम्झेर हामीले हजुरहरुलाई सम्झना स्वरुप यो न्यानो कपडा बितरण ग-यौंं ।’ हरेक घटना दुर्घटना भएको बेला ‘रिस्क’ लिएर अगाडि बढ्ने आँटिला प्रहरी निरीक्षक न्यौपानेले दुःख परेको बेला मलहम पनि लगाउन जानेको छन् ।

    छोराछोरीले नहेरेपछि बृद्धाश्रममा बसेका बृद्धबृद्धाहरु लाई आफ्नो आमा बुवासरह ब्यबहार गरेर खुट्टा मोजालगाउँदा उनी भाबुक पनि बनेका थिए । आफु कार्य ब्यस्ताले घर भन्दा टाढा रहेको भन्दै आमा बुवा जसरी सेवा गर्न पाएकोमा खुसी पनि ब्यक्त गरे ।

    ‘ मैले घरमै रहेर आमा वुवालाई सेवा गर्न त पाईन’ उनले भने‘ तर उहाँहरुलाई सेवागर्न पाउँदा आमाबुवालाई सेवा गरेको महसुस भयो। खोलाहरुमा अबैद्य रुपमा भईरहेको उत्खनन् गर्नेहरुलाई ठेगान लगाएका न्यौपानेले तुलसीपुरको शान्तिसुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाए । नयाँपत्रीका

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

    काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो...

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...