News Portal

पृथ्वीजयन्तीमा राष्ट्रपति भण्डारीको सहभागिता, प्रधानमन्त्री ओलीले देखाएनन चासो

हिमाली संचार संवाददाता
४६६ पटक

        तस्वीर : रासस
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा खुशी व्यक्त गरेका छन् । पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने र सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थापाले राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको पृथ्वी शालिकमा आफै उपस्थित भएर माल्यार्पण गरेकोमा खुशी र सन्तोष लागेको बताएका हुन् ।

‘विशेष गरी राष्ट्रप्रमुख राष्ट्रपति विद्या भण्डारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँ आफै पृथ्वीनारायण शाहको शालिक अगाडि उपस्थित भएर माल्यार्पण गर्नुभयो । एउटा राजकीय सम्मान दिनुभयो’ उनले भने ‘त्यसले सरकारले औपचारिक रुपमा सार्वजनिक विदा र राष्ट्रिय पर्वको घोषणा नगरे पनि (पृथ्वी जयन्तीले ) आंशिक मान्यता भने अब प्राप्त गरिसकेको छ । स्वयं राष्ट्रप्रमुख र केही मन्त्रीहरुको समेत सहभागिताले गर्दा आंशिक मान्यता प्राप्त भइसकेको छ ।

शुक्रबार सिंहदरबार अगाडिको पृथ्वी शालिकमा राष्ट्रपति विद्या भण्डारी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले माल्यार्पण गरेका थिए ।

राप्रपा अध्यक्ष थापाले आगामी वर्षसम्म पृथ्वी जयन्तीलाई सरकारले पूर्ण रुपमा मन्यता दिने, राष्ट्रिय पर्वूको रुपमा मनाउने र सार्वजनिक विदा दिने विश्वास लिएको बताए । ‘आगामी वर्षसम्म सरकारले पूर्ण रुपमा मान्यता प्रदान गर्ने र राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउने र सार्वजनिक विदा दिने निर्णय गर्नेछ भन्ने विश्वास लिएको छु’ उनले भने ।

थापाले पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र राजसंस्थासँग जोडेर हेर्न नमिल्ने पनि बताए । ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक व्यवस्था र संस्थासँग जोडेर हेर्नुैहुन्न । राजनीति भन्दा माथि उहाँको योगदान रहेको छ’ उनले भने ‘यसैले सबैको साझा सम्पत्तिको रुपमा राष्ट्रिय एकता दिवसलाई लिनुपर्छ ।

राप्रपाको चियापान
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा चियापान गरेको छ । चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु सहभागी भएका थिए ।

नेकपा नेता झलनाथ खनालले पृथ्वी जयन्ती विगतमा नमनाए पनि यसमा अब सुधार गर्नुपर्ने बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताए ।

चियापानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका कुनै सदस्य पनि सहभागी भएनन् । मधेस केन्द्रित दलका नेताहरु पनि चियापानमा गएनन् ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...