News Portal

पृथ्वीजयन्तीमा राष्ट्रपति भण्डारीको सहभागिता, प्रधानमन्त्री ओलीले देखाएनन चासो

हिमाली संचार संवाददाता
४२६ पटक

        तस्वीर : रासस
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा खुशी व्यक्त गरेका छन् । पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने र सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थापाले राष्ट्रपति भण्डारीले सिंहदरबार अगाडिको पृथ्वी शालिकमा आफै उपस्थित भएर माल्यार्पण गरेकोमा खुशी र सन्तोष लागेको बताएका हुन् ।

‘विशेष गरी राष्ट्रप्रमुख राष्ट्रपति विद्या भण्डारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँ आफै पृथ्वीनारायण शाहको शालिक अगाडि उपस्थित भएर माल्यार्पण गर्नुभयो । एउटा राजकीय सम्मान दिनुभयो’ उनले भने ‘त्यसले सरकारले औपचारिक रुपमा सार्वजनिक विदा र राष्ट्रिय पर्वको घोषणा नगरे पनि (पृथ्वी जयन्तीले ) आंशिक मान्यता भने अब प्राप्त गरिसकेको छ । स्वयं राष्ट्रप्रमुख र केही मन्त्रीहरुको समेत सहभागिताले गर्दा आंशिक मान्यता प्राप्त भइसकेको छ ।

शुक्रबार सिंहदरबार अगाडिको पृथ्वी शालिकमा राष्ट्रपति विद्या भण्डारी, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले माल्यार्पण गरेका थिए ।

राप्रपा अध्यक्ष थापाले आगामी वर्षसम्म पृथ्वी जयन्तीलाई सरकारले पूर्ण रुपमा मन्यता दिने, राष्ट्रिय पर्वूको रुपमा मनाउने र सार्वजनिक विदा दिने विश्वास लिएको बताए । ‘आगामी वर्षसम्म सरकारले पूर्ण रुपमा मान्यता प्रदान गर्ने र राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउने र सार्वजनिक विदा दिने निर्णय गर्नेछ भन्ने विश्वास लिएको छु’ उनले भने ।

थापाले पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र राजसंस्थासँग जोडेर हेर्न नमिल्ने पनि बताए । ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक व्यवस्था र संस्थासँग जोडेर हेर्नुैहुन्न । राजनीति भन्दा माथि उहाँको योगदान रहेको छ’ उनले भने ‘यसैले सबैको साझा सम्पत्तिको रुपमा राष्ट्रिय एकता दिवसलाई लिनुपर्छ ।

राप्रपाको चियापान
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा चियापान गरेको छ । चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु सहभागी भएका थिए ।

नेकपा नेता झलनाथ खनालले पृथ्वी जयन्ती विगतमा नमनाए पनि यसमा अब सुधार गर्नुपर्ने बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताए ।

चियापानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका कुनै सदस्य पनि सहभागी भएनन् । मधेस केन्द्रित दलका नेताहरु पनि चियापानमा गएनन् ।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...