News Portal

प्रशासनको ढोकामै बिरामी बृद्धा लम्पसार भएपछि…

हिमाली संचार संवाददाता
४४८ पटक

हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरको ढोकाकै आडमा लम्पसार थिइन् हेटौंडा–६, चौघडाकी ७० वर्षीया सुन्तलीमाया परियार । उनी कहिले आफ्नो पछ्यौरालाई ओच्छ्यान बनाएर सुत्थिन् भने कहिले उठेर सुँक्क–सुँक्क गर्दै सहयोगको याचना गर्थिन् ।

‘मलाई कसैले हेरेनन्, एक्लै छु । छोरा, बुहारी थिए, सम्पति सबै सकें । बिरामी छु, सहयोग गर्नुस न,’ उनले यसरी याचना गरिरहेकी थिइन्–मेरो छाति फुलेको छ रे । हस्पिटल जानु छ । पैसा दिनुस् न । उनको याचना कार्यालयमा आउने कमैले सुने, सुन्नेले भने केही सहयोग गरे । कोहीले पैसा दिए भने कोहीले पानी किनेर ल्याइदिए ।

उनका नातिनातिनीहरु जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका रहेछन् । उनीहरुले हजुरआमा सुन्तलीलाई पनि सँगै लिएर आएका रहेछन् । केहीबेरमा भित्रबाट वृद्धाकी नातिनीले वरपर हेर्दै सुनाइन्–आमा उठ्नुस्, अस्पताल जानुछ । काम सकिनै लाग्यो ।

नातिनी त्यति भनेर चुप लागेपछि फेरि उनले रुँदै भनिन्–मलाई काम परेर यहाँ ल्याए । म नभई नागरिकता बन्दैन थियो । काम हुँदा सम्झिन्छन्, नत्र म कहाँ छु, कसैले वास्ता गर्दैनन् । काम सकिएपछि एक्लै बनाएर छोड्छन् । उनले छोराबुहारीको मृत्यु भइसकेका कारण आफूलाई नातिनातिनीले यहाँ ल्याएको सुनाइन् । उनले अस्पताल गएर उपचारका लागि याचना गरिन् ।

‘न्युरेनीस्थित एक घरमा सहारा लिएर पेट पाल्दै छु,’ उनले सुनाइन्–मेरो छाति फुलेर बाँच्नै गाह्रो परिसक्यो, कसैले उपचार गरिदिँदैनन्, अब भगवानको हातमा छु ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यालय समयमा भीड हुन्छ । नागरिकता, राहदानीलगायत सरकारी कामकाजले सर्वसाधारणको भीड कार्यालय परिसरमा बाक्लै थियो । जिल्लाका ग्रामीण भेगदेखि हेटौंडा उपमहानगरसम्मका सर्वसाधारणको भीडबीच एक वृद्धा एक्ली थिइन्, जो अरुको नजरमा परिन् । (नेस)

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...